Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

    बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

    पहिलोक्लिकपहिलोक्लिकSeptember 4, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी छिन् ।

    गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गरिन ।

    सोअनुसार ‘नेपालरत्न’ विभूषण पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (मरणोपरान्त) का तर्फबाट उनका नाति सिद्धार्थ कोइराला तथा ‘राष्ट्रिय गौरव’ विभूषण राजनीतिज्ञ महेन्द्रनारायण निधिका तर्फबाट उनका सुपुत्र विमलेन्द्र निधिले ग्रहण गरेका थिए ।

    यसैगरी महाउज्ज्वल राष्ट्रदीप विभूषण स्व शेख इद्रिस (रौतहट), स्व नोना कोइराला (मोरङ), अमिक शेरचन (चितवन), बर्मन बुढा (रोल्पा) र रामकुमारी यादव (धनुषा) ले पाउनुभयो । इद्रिसका तर्फबाट मोहम्मद अफ्ताव आलम र नोनाका तर्फबाट डा शेखर कोइरालाले विभूषण ग्रहण गरेका थिए । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई उज्ज्वल कीर्तिमय राष्ट्रदीप विभूषणले विभूषित भएका छन् ।

    कार्यक्रममा प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट छ व्यक्तित्व विभूषित भएका छन् । ती विभूषण प्राप्त गर्नेमा गोपालप्रसाद पराजुली (पूर्वप्रधानन्यायाधीश), ईश्वरीप्रसाद खतिवडा (न्यायाधीश), दीप बस्न्यात (पूर्वप्रमुख आयुक्त, अदुअआ), उमेश मैनाली (अध्यक्ष, लोकसेवा आयोग), राजेन्द्र क्षत्री (प्रधानसेनापति, नेपाली सेना) र लोकदर्शन रेग्मी (मुख्य सचिव) छन् ।

    यसैगरी सुकीर्तिमय राष्ट्रदीप विभूषणबाट २१ व्यक्तित्व विभूषित भएका छन् । यसरी विभूषित हुनेमा नवीनकुमार घिमिरे (आयुक्त, अदुअआ), श्रीपुरुष ढकाल (सदस्य, लोकसेवा आयोग), प्रा डा तीर्थ खनियाँ (उपकुलपति, त्रिवि), प्रा डा रामकण्ठ माकाजु (उपकुलपति, काठमाडौँ विश्वविद्यालय), प्रा चिरञ्जीवी शर्मा (उपकुलपति, पोखरा विश्वविद्यालय), प्रेमकुमार राई (सचिव, गृह मन्त्रालय), महेन्द्रमान गुरुङ (सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय), दिनेशकुमार थपलिया (सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र डा ताहिर अली अन्सारी (पूर्वान्यायाधीश सर्वोच्च अदालत) छन् ।

    अषेश मल्ल (कलाकार), पूर्णचन्द्र थापा रथी बलाधिकृतको कार्यालय (नेपाली सेना), प्रकाश अर्याल (पूर्वप्रहरी महानिरीक्षक, नेपाल प्रहरी), सिंहबहादुर श्रेष्ठ (पूर्वसशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल), शैलैन्द्र खनाल(सशस्त्र प्रहरी महानिरीक्षक), ईश्वर हमाल( उपरथी, नेपाली सेना), रवीन्द्र क्षत्री(मानार्थ उपरथी राष्ट्रिय सेवा दल, नेपाली सेना), यादवप्रसाद कोइराला(प्रशासकीय अधिकृत, कामपा), भेषनाराण दाहाल(महानिर्देशक,पुरातत्व विभाग), डा रामदयाल राकेश (साहित्यकार, सर्लाही) र प्रदीपकुमार राई ‘व्याकुल माईला’(साहित्यकार, ओखलढुङ्गा) हुनुहुन्छ ।

    राष्ट्रपति भण्डारीले सुकीर्तिमय राष्ट्रदीप विभूषण २१, सुप्रबल जनसेवाश्री विभूषण ११९, कीर्तिमय राष्ट्रदीप विभूषण पाँच, प्रबल जनसेवाश्री विभूषण १४० र जनसेवाश्री विभूषणबाट ४५ व्यक्तित्वलाई विभूषित गरे ।

    पत्रकार विभूषित

    पत्रकार पुरुषोत्तम दाहाल सुप्रबल जनसेवाश्री, गोविन्द चिमौरिया, सचिन पोखरेल, महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा, कृष्ण कँडेल, वसन्तप्रकाश उपाध्याय प्रबल जनसेवाश्री तथा अशोककुमार दत्त, धैर्यकान्त दत्त, दिलीप थापा मगर र सन्तोष न्यौपाने जनसेवाश्रीबाट विभूषित भएका छन् ।

    जनसेवाश्री विभूषणबाट भने समाजसेवी सञ्जीव थापा, जोगेन्द्र भगत, हरिबहादुर भण्डारी र शोभा गुरुङ विभूषित भएका छन् । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

    Facebook Comments Box

    विभूषित
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.