काठमाडौँ: कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले छ वटा स्टलको सम्झौता खारेज गरेको छ। आफ्नो नाममा स्टल भाडामा लिई भादी मूल्यमा अरुलाई भदा लगाएको गुनासो पश्चात ती स्टलको अध्ययन गर्न गठित समितिले उनीहरुसंग स्पस्टीकरण सोधेको थियो ।
‘रातो सूची’ मा राखेको ९८ मध्ये ६ वटा स्टलले कुनै जवाफ नपठाएपछि समितिले खारेज गर्ने निर्णय गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एबम समितिका अध्यक्ष तेजबहादुर सुबेदीले भने, बैठकले ६ वटा स्टललै खारेज गर्ने निर्णय गरेको छ।’
समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलका लानुसर मोहम्मद जुमैद, इस्रराफिल कवारी, पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, राम बहादुर खड्का र बिष्णु बहादुर बस्नेतसंग स्टल सम्झौता खारेज गरिएको छ ।
कृषि मन्त्रालय, समिति, किसन आयोग र व्यवसायीसहित रहेको उपसमितिले भदौ २३ गतेभित्रमा प्रतिवेदन बुझाउने पौडेलले बताए ।
उनले भने, ‘भदौ २४ गते बस्ने संचालक समितिको बैठकले उपसमितको प्रतिवेदनका आधारमा अन्य स्टलसंग गरिएका सम्हौता खारेज गर्ने/ नगर्ने निर्णय गर्छ। ‘
यसअघि समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्म भाडामा लगाएको उल्लेख थियो ।
उक्त निर्णय असोज १ गतेदेखि लागु हुने उनले बताए । यो खबर आजको कान्तिपुर दैनिकका पहिलो पृष्ठमा छ ।