काठमाडौँ: एनएमबि बैंकको नेतृत्वमा ५ वटा वाणिज्य बैंकले होङ्सी शिवम सिमेन्टलाई १६ अर्ब रुपैयाँ ऋण दिनेबारे सोमबार सम्झौता भएको छ।
एनएमबि बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट,प्रभु एभरेष्ट एसबिआई बैंक मिलेर १६ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भएको हो।
सो रकम अहिलेसम्मका लागि एउटै परियोजनामा गरिएको सबैभन्दा ठूलो ऋण सम्झौता हो।
नवलपरासीमा उद्योग रहेको शिवम होङ्सी वैदेशिक लगानीको सिमेन्ट उद्योग हो ।
शिवम होङ्सीमा अहिलेसम्मकै उद्योगमा सबैभन्दा बढी ऋण लिन लागिएको शिवम होङ्सीका प्रवद्र्धकले जानकारी दिए ।
शिवम होङ्सीमा नेपाली शिवम सिमेन्टको ३० प्रतिशत लगानी छ भने ७० प्रतिशत लगानी चिनियाँ होङ्सी ग्रुप अन्तर्गतको कम्पनीको छ । शिवम सिमेन्टमा नेपाललका ६ जना व्यवसायिक घरानाले लगानी गरेका छन् ।
प्रभावित क्षेत्रका लागि कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निकालेको छ भने सर्वसाधारणलाई प्रतिकित्ता ४ सयको दरले आइपिओ निकाल्ने चरणमा रहेको छ ।
उद्योगमा शिवम सिमेन्टको १३ अर्ब लगानी छ भने होङ्सीको २५ अर्ब रुपैयाँ लगानी छ ।
पूर्ण क्षमतामा संचालन हुँदा दैनिक १२ हजार मेट्रिकटनसम्म सिमेन्ट उत्पादन हुन्छ । अहिले नेपालमा रहेका सिमेन्ट उद्योगमा यो नै सबैभन्दा बढी उत्पादन क्षमता हो ।