Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » निर्मला हत्या प्रकरण: तीन तहबाट छानबिन, एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

    निर्मला हत्या प्रकरण: तीन तहबाट छानबिन, एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

    पहिलोक्लिकपहिलोक्लिकSeptember 5, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    भीमदत्तनगर : कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ ।

    गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या गरिएको थियो । हत्याका सम्बन्धमा गृहमन्त्रालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयले सुक्ष्म अनुसन्धान गरिरहेको छ । घटनाको छानबिनका लागि केही साता अघि भीमदत्तनगर आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान तीव्ररुपमा अगाडि बढाइरहेको छ ।

    अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको छ, सहसचिव मैनालीले भने, “अब प्रतिवेदन लेख्ने काम शुरु भएको छ ।”
    त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पनि आफ्नै ढङ्गबाट अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टले घटनामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बाँगफाटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत भदौ ४ गते सार्वजनिक गरेको थियो । तर स्थानीयवासीले अभियुक्त विष्टमा मानसिक रोगको समस्या भएको भन्दै प्रहरीले घटनामा संलग्न हत्यारालाई बचाउन उनलाई सार्वजनिक गरिएको दाबी गरिदै आन्दोलन झन चर्किएको थियो ।

    गत आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय टोली भीमदत्तनगर पुगेर घटनाबारे सुक्ष्म अध्ययन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर काम गरिरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले घटनाको प्रारम्भदेखि नै सुक्ष्मरुपमा अनुसन्धान भइरहेको बताए । “यो दौड होइन, अनुसन्धान भएकाले केही समय लाग्न सक्छ”, उनले भने, “हामीलाई सहयोग गर्न ब्यूरोबाट पनि नयाँ टोली यहाँ आएको छ ।”

    निर्मला हत्याकाण्डका अपराधी उम्किनै नसक्ने बताउँदै उहाँले प्रहरी र स्थानीयवासीबीच सूचना प्रवाहको वातावरण बन्न आवश्यक छ भने । “ पछिल्लो समयमा घटना छानबिनमा नागरिकसंगको सहकार्य राम्रो हँुदै गएको छ”, प्रहरी उपरीक्षक कडायतले भने, “घटनाको विषयमा धेरै कोणबाट अनुसन्धान हुँदैछ ।”

    निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरबाट पनि अनुसन्धान भइरहेको छ । प्रहरीले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई नियन्त्रणमा लिएर छानवीन गरिरहेको छ ।

    प्रहरी स्रोतका अनुसार बम दिदी बहिनीले घटनाबारे कुनै जानकारी नभएको बयान दिइरहेका छन् ।जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग बयान लिएको हो ।

    प्रहरीले गत सोमबार निर्मलाका दिदी मनिषा पन्त र रोशनी बमलाई संयुक्तरुपमा राखेर पनि बयान लिएको थियो । प्रहरीको उक्त दोहोरो बयानका क्रममा रोशनीले घटनाबारे अनविज्ञता जनाए पनि बयान भने विगतको भन्दा फेरिएको मनिषाले बताए ।

    “यसअघि गरेको बयानमा रोशनीले बहिनी निर्मला मेरो घरबाट भागी बुबाको डेरामा जान्छु, चार÷पाँच दिन उतै बस्छु भनेर निस्केको भनेकी छन्”, मनिषाले भनिन्, “तर आजको बयानमा उनले निर्मला घरबाट निस्केको र च्यानल गेट बाहिरबाट कता लाग्यो थाहा नभएको बताईन ।”

    “स्कूलमा बोल्न नि लजाउने रोशनी अहिले त निकै कडारुपमा प्रस्तुत हुँदैछ”, उनी भनिन्, “बम परिवार र उनकै सम्बन्ध भएकामाथि गहन अनुसन्धान गरे हत्यारा पत्ता लाग्न सक्छन् ।” यसअघि पक्राउ गरिएका दिलीपसिंह विष्टलाई भने प्रहरीले उनको मानसिक जाँचलगायत उपचारका लागि भन्दै काठमाडौँ पु¥याएको छ ।

    Facebook Comments Box

    निर्मला
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.