काठमाडौँ: नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव आइतबार ९:३० बजे काठमाडौँ ल्याई पुर्याइएको ।
उद्धारकर्मीहरुले नुवाकोटको बिदुरबाट हेलिकप्टरमा लेराइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका महाप्रवन्धक राज कुमार क्षेत्रीका अनुसार सरकारले दुर्घटनाको अनुशन्धानका लागि आज छानविन समिति बनाउने छ । उनका अनुसार शव बिहान ९:३० बजे काठमाडौँ ल्याइपुर्याएर पोस्टमर्टमका लागि टिचिङ्ग अस्पताल लागिएको उनले बताए ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए । दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।
