काठमाडौं: सञ्चार मन्त्रालयले प्रेसलाई परेको भनिएको समस्या समाधानका लागि मुलुकी अपराध संहिताबारे सुझाव दिन कार्यदल गठन गरेको छ ।
कार्यदल देवप्रकाश त्रिपाठीको संयोजकत्वमा गठन गरिएको मन्त्रालयले जनाएको छ।
कार्यदलमा गोविन्द आचार्य, तीर्थ कोइराला, शुभशंकर कँडेल, चन्द्र न्यौपाने, सुवास खतिवडा, पूर्ण बस्नेत, बद्री सिग्देल, निर्मला शर्मा, डण्ड गुरुङ, टिकाराम राई र राजेश अहिराज सदस्य छन् ।
कार्यदललाई ४५ दिनभित्र मुलुकी अपराध संहिता लगायतका कानुनी दस्तावेजहरुमा उल्लेखित कानुनी प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर परेको भए विकल्पसहित प्रतिवेदन बुझाउन भनिएको छ ।
Facebook Comments Box