Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 15
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अटोरिक्साले ट्राफिक जाम ! ८० प्रतिशतसँग छैन लाइसेन्स

    अटोरिक्साले ट्राफिक जाम ! ८० प्रतिशतसँग छैन लाइसेन्स

    पहिलोक्लिकपहिलोक्लिकSeptember 12, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    बाँके: नेपालगञ्ज–कोहलपुर फोरलेन सडकबाहेक भित्री सडक अत्यन्तै साँघुरा र जीर्ण छन् । कतै मर्मतसँगै फराकिला बनाइँदैछन् भने कतै जीर्ण अवस्थामै छन् । २० वर्षअघि बनेका सडक अहिले साँघुरा गल्लीजस्तै लाग्छन् ।
    जनसङ्ख्याको वृद्धिदरसँगै सवारी साधनको चाप पनि सोही अनुपातमा बढिरहेको छ । ठूला भवनसँगै भौतिक पूर्वाधारका अन्य संरचना एकपछि अर्को गर्दै बनिरहेका छन् । त्यसमाथि सवारी साधनको सङ्ख्यामा उस्तै वृद्धि भइरहेको छ ।

    नेपालगञ्जमा अन्य सवारीको सङ्ख्याभन्दा ब्याट्रीबाट चल्ने अटोरिक्साको सङ्ख्या ह्वात्तै बढेको छ । साँघुरा सडककै कारण नेपालगञ्जले बेलाबेलामा अन्य शहरको जस्तै ट्राफिक जाम भोग्न थालेको छ । अटोरिक्साको सङ्ख्या बढेसँगै नेपालगञ्जमा ट्राफिक जामको समस्या शुरु भएको नेपालगञ्ज–२, घरबारी टोलका व्यवसायी मनोज बन्जारा बताउँछन्।

    साधारण रिक्सा विस्थापित गर्दै ब्याट्री तथा पेट्रोलबाट चल्ने अटोरिक्सा सञ्चालनमा आएपछि भित्री सडकमा बेलाबेलामा ट्राफिक जाम हुने गरेको नगरवासीको भनाइ छ ।

    नेपालगञ्जका निकै व्यस्त रहने घरबारी टोल, सदरलाइन, त्रिवेणी मोड, एकलैनीलगायतका क्षेत्रमा ट्राफिक जामको समस्या देखिइरहेको छ । “दैनिक एकपटक जाम हुन्छ”, सदरलाइनका स्थानीयवासी जमिल शेख भन्छन, “पहिले कमै सवारी चल्थे, भीडभाड हुँदैनथ्यो । अहिले भने सवारीको भीड र होहल्लाले हैरान बनाउँछ ।”

    साधारण रिक्साभन्दा छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुहरू अटोरिक्सामै चढ्छन् । यात्रुको रोजाइमा अटोरिक्सा नै परेपछि नेपालगञ्जमा अटोरिक्साको सङ्ख्या एक्कासी बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए ।

    यसअघि अटोरिक्सालाई फोरलेन सडकमा चलाउन प्रतिबन्धसमेत गरिएको थियो । तर उक्त निर्णय कार्यान्वयनमा भने आउन सकेन । अटोरिक्साले लेन अनुशासन पालन नगर्दा ट्राफिक प्रहरीको टाउको दुःखाइको विषय बनेको छ ।

    सडकमा जथाभावी पार्किङ गरिदिँदा ट्राफिक व्यवस्थापनका लागि चोकमा खटिएका दुई÷तीन जना ट्राफिक प्रहरीको काम उनीहरूलाई व्यवस्थित गर्नमै बित्ने गरेको छ”, नेपालगञ्जको धम्बोझी चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुलबहादुर वलीको भनाइ छ ।

    अटोरिक्साको जथाभावी पार्किङ्कै कारण नेपालगञ्ज–कोहलपुर खडकखण्डको राँझा चोक र गनापुर चोकमा पटक–पटक सवारी दुर्घटनासमेत भएको ट्राफिक प्रहरी पोष्ट गनापुरका इन्चार्ज दिनेशकुमार पण्डितको भनाइ छ । यातायात व्यवस्था कार्यालय भेरी नेपालगञ्जले रुट परमिट जारी गरेको भए पनि अटोरिक्सा भने आफूखुशी चल्दै आएका छन् ।

    ८० प्रतिशतसँग छैन लाइसेन्स

    यातायात व्यवस्था कार्यालय भेरी नेपालगञ्जमा दर्ता भई बाँकेमा चल्ने ८० प्रतिशत अटोरिक्सा चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको ट्राफिक प्रहरीले जनाएको छ । बाँके जिल्लाभर चार हजारको हाराहारीमा रहेका अटोरिक्सामध्ये करीब आठ सय अटोरिक्सा चालकसँग मात्रै लाइसेन्स रहेको अनुमान छ ।

    ट्राफिक प्रहरी निरीक्षक रोकायले भने, “रिक्सा चलाउने अधिकांश निरक्षर भएकै कारण लाइसेन्सको लिखित परीक्षामै फेल हुन्छन् । सामान्य लेखपढ गर्न पनि नजान्नेका लागि लिखित परीक्षा लिनु उपयुक्त होइन ।” यातायात कार्यालयसँग यसबारे छलफल भइरहेको र लिखित परीक्षा हटाउँदा शतप्रतिशतले लाइसेन्स प्राप्त गर्ने उहाँको दाबी छ ।

    Facebook Comments Box

    अटोरिक्साले ट्राफिक जाम
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.