काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि मात्रै समृद्धिको प्रतिफल पाउन सकिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार साँझ ट्वीट गर्दै सो कुरा उल्लेख गरेका हुन्।
प्रधानमन्त्रीले भनेका छन्, “गरीब देशबाट धनी देश, पछौटे देशबाट सम्पन्न देश, बेरोजगारको देशबाट रोजगारको देश समृद्धिका लागि हाम्रो दिशा यही हो ।”
प्रधानमन्त्रीले हामीसँग स्रोत साधनको कमी नभएको उल्लेख गर्दै भने, “ती स्रोत साधनलाई समुचित प्रयोग गर्ने स्थायी नीति बनाएर अघि बढिरहेका छौँ । निश्चित समयपछि यसको प्रतिफल प्राप्त हुन्छ ।”

Facebook Comments Box
