काठमाडौँ: संचार तथा सूचना प्रविधि मन्त्रालयले पटबाट हटाएपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी पुनर्बाहालीको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।
आफू प्रतिस्पर्धाबाट नियुक्त भएको भन्दै सरकारले आफ्ना मान्छे भर्ती गर्नका लागि आफूलाई हटाएको भन्दै नयाँ प्रबन्ध निर्देशकको नियुक्ति रोक लगाउन रिट निवेदनमा माग समेत गरेकी छन्।
नेपाल टेलिकमको इतिहासमै पहिलोपटक २०७३ असोजमा खुल्ला प्रतिस्पर्धाबाट उनी प्रबन्ध निर्देशक बनेकी थिइन्।
गत मंगलबारको मन्त्रिपरिषदको बैठकले कामिनीलाई टेलिकमको प्रबन्ध निर्देशकबाट हटाउने निर्णय गरेको थियो।
कामिनीको टेलिकमले देशभर फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेकोलगायतका विषयमा स्पष्टिकरण सोधेको थियो। पछि उनको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै सरकारले उनलाई दुई पटकसम्म स्पष्टिकरण सोधेको थियो।
दोस्रो पटकको स्पष्टिकरणको पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै सरकारले उनलाई पदमुक्त गरेको थियो।
निर्देशक कामिनीको मुद्दामाथि आइतबार नै न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा पेसी तोकिएको छ।