काठमाडौँ: तरकारीमा समेत सिन्डिकेटका कारण धादिङ र मकवानपुरबाट प्रतिकिलो औसत १८ रुपैयाँमा काठमाडौँ आउए काउलीलाई उपभोक्ता १३० रुपैयाँसम्म तिर्न बाध्य छन्।
उत्पादक किसानबाट उपभोक्तासम्म आइपुग्दा करिव पाँच तहमा मूल्य थपिने भएकोले उपभोक्ता चर्को मारमा परेका छन् ।
यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले प्रथम पृष्ठमा लेखेका छन् ।
राजधानीको तरकारी बजारमा ब्याप्त बिचौलियाको सिन्डिकेटले सामान्य मानिसको भान्साको खर्चलाई ह्वातै बढाइदिने गरेको छ ।
उपभोक्ताले तिर्ने पैसाको सानो अंश मात्र किसानसम्म पुग्छ। उत्पादक, स्थानीय मध्यस्तकर्ता, ठूला थोक विक्रेता, साना थोक विक्रेता र खुद्रा विक्रेता गरी पाँच तहमा मूल्य निर्धारण हुने गरेको छ । यी सबै चरनमा मूल्य बढे पनि मध्यस्तकर्तापछि बढ्ने मूल्य किसानले पाउंदैनन् ।
व्यापारीले करिव १८/२० रुपैयाँमा खरिद गरेको काउलीको थोक मूल्य कालिमाटी तरकारी बजारले आइतबार ९८ रुपैयाँ निर्धारण गरेको थियो ।
कालिमाटीकै खुद्र बजारमा यसको मूल्य ११५ रुपैयाँ तोकिएको थियो । बजारमा भने किलोकै १३० रुपैयाँभन्दा बढी पर्छ।
तरकारी बजारको सिन्डिकेट खेतबारीबाटै सुरु हुन्छ । तरकारी खेतीका ब्यापारीले मल/बीउ दिन्छन्,’ घाटबेसी धादिङ्गका कृषक भिमसेन पण्डित भन्छन् ।
जसको मल/बीउ लियो, तरकारी पनि उसैलाई दिनुपर्छ, पण्डितले भने । मूल्य निर्धारणमा पनि उनै ब्यापारी हावी हुन्छन् ।
कतिपय व्यवसायीले मल/ बीउको मूल्य तरकारी विक्री गरेर कटाउने गरेको पण्डित बताउँछन् ।
तरकारीको दैनिक खुद्र मूल्य किसानलाई जानकारी हुन्दैन। कालिमाटी तरकारी बजारका व्यवसायीले आफु अनुकूल मूल्य निर्धारण गर्ने गरेको किसान बताउँछन् ।
‘कालिमाटीमा यतिउति मूल्य चलेको छ भन्छन् तर हामीलाई कहिल्यै भनेअनुसार भाउ दिंदैनन्,’ पालुङ मकवानपुरका कृषक अर्जुन थोकर तामांङले भने ।