काठमाडौँ: कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिगं कर्पोरेशनमार्फत ठेक्का लगाएको २ लाख ५७ हजार मेट्रिक रासायनिक मलमध्ये एक लाख दश हजार मेट्रिक टन आयात भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
चालु आवमा विनियोजित १५ अर्ब तथा साउन महिनामा अर्थमन्त्रालयबाट थप स्रोत रकम १६अर्बमध्येबाट यो परिमाणमा मल आयात गरिएको हो । जसमध्ये ८६ दशमलब पाँच हजार मेट्रिक टन मल विक्री भइसकेको कृषि मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
जसमध्ये युरिया २१ हजार ७६४ मेट्रिक टन (कृषि सामाग्री कम्पनीको १५ हजार १७९ तथा साल्ट ट्रेडिगंको छ हजार ५८४ मेट्रिक टन) रहेको छ । त्यसैगरि, डीएपी १८ हजार २८६ (कृषि सामाग्रीको १८ हजार ४३२ तथा साल्टको ८५४ मेट्रिक टन), पोटास १९ सय ३२ (कृषि सामाग्री १८३७ तथा साल्टको ९५ मेट्रिक टन) रहेको जनाइएको छ ।
१५ हजार मेट्रिक टन मल आउँदै गरेको तथा ३० हजार मेट्रिक टन प्याकिगं भइरहेको जनाइएको छ । त्यसैगरि, जीटुजीमार्फत टेन्डर भएको बाँकी मल माघ÷फागुनसम्म आइसक्ने जनाइएको छ ।
