काठमाडौँ: सेयर बजार सोमबार २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको छ । बिहीबार र आइतबार क्रमशः ११.२२ र २.१६ अंकले बढेको बजारमा सोमबार भने उच्च गिरावट देखिएको हो ।
साताको दोस्रो कारोबार दिन सोमबार कारोबारमा आएकामध्ये २०२ कम्पनीको सेयरमूल्य घटेको छ । २७ कम्पनीको सेयरमूल्य मात्र बढेको छ भने ११ को स्थीर रहेको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ५.१९ अंक घटेर ३७९.६४ अंकमा झरेको छ ।
आज २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर २६ हजार ४७५ वटा संख्यामा खरिद बिक्री भएका छन् । आज कारोबार रकम १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३५ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १० करोड ८७ लाख रुपैयाँले बढेको छ ।
कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये सबै घटेको छ । उत्पादन तथा प्रशोधन सर्वाधिक २।३७ प्रतिशत, वित्त २।२८ प्रतिशतले घट्दा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार इन्डेक्स १ प्रतिशतभन्दा धेरै घटेको छ ।
