काठमाडौँ: कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारबारे नेपाली कांग्रेसले गरिरहेको संसद अवरुद्ध गरेपछि भोलि सरकारले त्यसबारे जवाफ दिनेभने पछि संसद खुलेको छ । शुक्रबार सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापा बादलले हत्या अनुसन्धानबारे जवाफ दिने भएपछी संसद अवरोध हटेको हो।
आज प्रमुख विपक्षी कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेको थियो।
दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति बनेको तर, प्रतिवेदन आइनसकेको बताए । उनले सबै घटनाका अभियुक्तलाई उचित समयमा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको समते बताएका छन् ।
कानुनमन्त्री भानुभक्त ढकालको प्रतिवद्धतापछि संसद सुरु भएको छ ।