Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 16
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » संस्कृत पाठशालाको पढाइ नेपालमा, प्रमाणपत्र भारतमा

    संस्कृत पाठशालाको पढाइ नेपालमा, प्रमाणपत्र भारतमा

    पहिलोक्लिकपहिलोक्लिकSeptember 13, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    कुश्मा, पर्वत: जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको छ ।

    संस्कृत भाषा, शुक्ल, यजुर्वेद, ब्याकरण, वेद, आचारसंहिता, कर्मकाण्ड, अमरकोश, श्रीमद्भागवत गीतालगायतको उपल्लो तहले अध्ययन गर्ने पुस्तकको राजु पौडेलअध्ययन गरिँदै आएको भएता पनि उपल्लो तहको प्रमाणपत्र यहाँ नपाइने भएकाले भारतका विभिन्न विद्यालय धाउनुपरेको हो ।

    विसं २०५५ मा स्थापना भएको पाठशालालाई २०५८ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतले प्राथमिक तह (कक्षा १–५) सम्मको मान्यता स्वीकृत दिएको थियो भने २०६९ देखि कक्षा ६ को स्वीकृत प्रदान गरेको थियो । तर पाठशालामा हाल कक्षा ४, ५ र ६ को मात्र पढाइ सञ्चालन हुने गरेको छ ।

    जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको एकमात्र संस्कृत विद्यालयप्रति तत्कालीन जिल्ला शिक्षा कार्यालयअनुसार भएकै कारण उपल्लो कक्षाको स्वीकृति दिन आनाकानी भएको स्थानीयको गुनासो रहेको छ । “कक्षा १० सम्मको अनुमति मागेका थियौँ तर कार्यालयले दिन आनाकानी र बहानामात्र गरिरह्यो ।” कुश्मा–५ निवासी कमलनाथ पोख्रेलले भने, “जिल्लाको गहनाका रुपमा रहेको संस्कृत पाठशालालाई स्तरोन्नति गर्ने, भौतिक पूर्वाधारमा ध्यान दिनसक्ने हो भने संस्कृत पठनपाठनमा रुची भएका विद्यार्थीसमेत बढ्ने थिए ।”

    “कक्षा १० सम्मको अनुमति मागेको भए पनि बल्लतल्ल कक्षा ६ सम्म अनुमति पाइएको छ ।” संस्कृत पाठशालाका गुरु पद्मराम उपाध्यायले भने, “पुराना शिलालेख, ऐतिहासिक दस्तावेजसमेत संस्कृत भाषामा नै हुने भएकाले संस्कृत शिक्षाका लागि राज्य उदासीन हुनु हुँदैन ।” उनले थपे, “नेपाली भाषा, हिन्दी भाषासमेत संस्कृत भाषासँग परिपूरक छन् । त्यसैले सबै भाषाको जगेर्ना गर्ने बेला भइरहेको र अत्यावश्यक भाषालाई संरक्षण गर्नु राज्यको दायित्व हो ।”

    राज्यले मातृभाषालाई मान्यता दिने र संरक्षण गर्ने भन्दै आएको भए पनि माओवादी द्वन्द्वकालदेखि उपेक्षा गरिँदै आएको आरोप लाग्दै आएको छ । “संस्कृत विषयको पठनपाठन र शिक्षालाई जोगाउनेतर्फ राज्यनै उदासीन रहेकाले विद्यार्थीले दुःख झेल्नु परेको स्थानीय एकता युवा क्लबका निवर्तमान अध्यक्ष अच्युत तिवारीले बताए । उनले विद्यालयमा संस्कृत शिक्षा अनिवार्य गर्न र जिल्ला जिल्लामा रहेका संस्कृत पाठशालाको संरक्षण गर्नसके मात्र इतिहासको संरक्षण हुने जिकिर गरे ।

    नेपाली भाषामा समेत धेरै शब्द संस्कृत भाषाबाटै आयातित भएका र संस्कृत भाषामा पुराना ग्रन्थ तथा लेखोटसमेत रहेकाले इतिहासको संरक्षण गर्न र मातृ भाषालाई बलियो बनाउनसमेत यो भाषाको संरक्षण गर्नुपर्ने तर्क स्थानीयको रहेको छ ।

    तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट व्यवहारिकता हेरेरमात्रै कक्षा ६ सम्मको स्वीकृति दिएको भए पनि कक्षा ७ सम्म पढाइ सञ्चालन भइरहेको कुश्मा नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले बताए । उनले भने, “संस्कृतका विषयमात्र पढाउने पाठशालालाई यहाँबाट स्वीकृत दिने नीति राज्यको छैन । तर गुप्तेश्वरमा सबै विषय पढाउने भनी व्यवहारिकता हेरेर अनुमति दिइएको छ । त्योभन्दा माथिल्लो कक्षाको स्वीकृति लिने हो भने मन्त्रालयसम्म गएर ध्यानाकर्षण गराउनुपर्छ ।”

    जिल्लामै एकमात्र संस्कृत विद्यालयका रुपमा कुश्मामा अवस्थित यो संस्कृत पाठशालालाई कक्षा १० सम्मकै मान्यता दिलाउन अत्यन्त आवश्यक रहेको भए पनि त्यसो हुन नसक्दा मावि तहको पढाइ गरेर पनि प्रमाणपत्र तल्लो तहकै लिनुपर्ने बाध्यता रहेको हो ।

    नागाबाबा पशुपति गिरी र नागाबाबा विष्णु गिरीलगायत स्थानीय कुश्मावासीको अगुवाइमा स्थापना भएको यस वेदवेदाङ्ग संस्कृत पाठशालामा पढ्ने अधिकांंश विद्यार्थी हाल उपल्लो तहको प्रमाणपत्रकै लागि भारतको अयोध्या, बृन्दावन, हरिद्वार र वनारसलगायतका स्थानमा जान बाध्य भएका छन् ।

    हाल उक्त पाठशालामा चार शिक्षक र २६ विद्यार्थी रहेका छन् । अहिले संस्कृत शिक्षाका अलवा अङ्ग्रेजी, गणित, सामाजिक र नेपाली भाषासमेत विद्यालयमा पठाइने गरेको विद्यालयका गुरु (प्रधानाध्यापक) पद्मराम उपाध्यायले जानकारी गरे ।

    Facebook Comments Box

    गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशाला
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.