काठमाडौँ: साताको अन्तिम दिन बिहिबार पनि पूँजी बजारमा उत्शाहजनक सूधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) १४ दशमलब १३ अंकले बढेर एक हजार २४४ दशमलब ८४ अंकमा पुगेको बजार बन्द भएको छ ।
मंगलबार नेप्से ६ दशमलब ७७ अंकले र बुधबार १३ दशमलब ०६ अंकले बढेको थियो ।
निर्जीवन, जीबन र लघुवित्त समुहको परिसूचक बाहेक सबै समूहको परिसूचक बढ्दा नेप्सेले दोहोरो अंकको वृद्धि कायम राखेको हो ।नेप्से बढेसंगै कारोबार रकममा पनि वृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका छन् ।
आजको कारोबारमा सबैभन्दा बढी होटल समूहको परिसूचक ३२ दशमलब १९ अंक र अन्य समूहको परिसूचक २२ दशमलब २९ अंकले छ बढेको छ।
त्यसैगरी, बाणिज्य बैंक १६ दशमलब २ अंक, विकास बैंक ११ दशमलब २७ अंक, जलबिधुत ४ दशमलब ५३ अंक, बित्त २ दशमलब २ र उत्पादन मूलक समूहको परिसूचक २ दशमलब ०६ अंकले बढेको छ ।
यधपी, निर्जीवन बीमा समूहको परिसूचक ४४ दशमलब ४१ अंक, जीबन बीमा ११ दशमलब १८ र लघुवित्त शुन्य दशमलब ६ अंकले घटेको छ ।
बुधबारको तुलनामा आज कारोबार रकममा पनि भारी वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ७ हजार ४३६ कारोबारबाट ७२ करोड ९८ लाख ५ हजार ५४६ रुपैयाँ बराबरका २७ लाख ११ हजार ११० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
बुधबार नेप्सेमा १६५ कम्पनीहरुको ४ हजार १७७ कारोबारबाट ४३ करोड २९ लाख ५७ हजार ६८ रुपैयाँ बराबरका १० लाख ९३ हजार ६४९ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
नेप्से बढ्दा पनि भार्गव विकास बैंक र लक्ष्मी लघुवित्त बित्तिय संस्थाका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । नेपाल सेवा लघुवित्त बित्तिय संस्था र तिनाउ विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाउन सफल भएका छन् ।