काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया निर्मला पन्तका आमा, बुबा र महिलाअधिकारकर्मीले राजधानीबाट सरकारले आफुहरुलाई न्याय नदिलाएसम्म नफर्किने बताएका छन्।
हामीलाई जवसम्म न्याय दिलाइदैन तवसम्म हामी अव यो राजधानीबाट बाहिरिने छैनौं बरु हामी गोलि खान पनि तयार छौं, सरकारले पीडितको न्यायको चित्कार सुन्नुपर्ने, अधिकाकर्मी रीना भण्डारीले राजधानीमा आयोजित कार्यक्रममा भनिन्।
कार्यक्रममा बोल्दै निर्मलकी बुबा यज्ञराज पन्तले भने- ‘मेरो छोरी मार्ने र बलात्कार गर्ने अपराधी सरकारसंगै छ, यसमा राज्यको प्रहरी प्रशासन लागेको छ।’
“म मेरो छोरी खोज्न जाँदा पटक पटक रोशनी र बबिता बम दिदीबहिनीको घर पुग्दा मैले त्यहाँ पटक पटक दुई जना प्रहरी कर्मचारी देखेको छु, उनीहरु बम दिदीबहिनीको घरमा किन बसेका छन् मलाई थाहा भएन, मलाई प्रहरीकै अगाडी रोशनीका दिदीले तथानाम भनि गालि गरेको, तेरो छोरी पोइल गइ होली, मैले मेरो छोरीको साइकल नहरमा भेटे भन्दा, छोरीको लास पनि त्यतै होला हेर्न जानु भनेको,” बुबा पन्तले पत्रकार माझ सुनाए।
साउन ९ गते (घटनाको आघिल्लो दिन) रोशनी निर्मलाको घरममा आएकी र भोलि जसरी भए पनि निर्मलालाई मेरो घरमा पठाईदिनु भनेको,” बुबाले भने।
“मेरो छोरी रोशनीकै भनाइ अनुसार पढनका लागि भनेर पठाए तर सोहि साँझ उनको (रोशनीको) घर पुग्दा उनीहरुले निर्मला त दुई बजेनै यहाँबाट हिंडेको भनी जवाफ दिए तर उनीहरुले निर्मला खोज्न एक पटक पनि आएनन्,” निर्मलाकी बुबा भने ।
यसमा प्रहरी प्रशासनकै मिलेमतोमा नक्कली अपराधी (दिलिपसिंह बिष्ट) खडा गरी घटनालाई अन्तै मोढेको, र घटनालाई वास्तविकता जस्तै देखाउन प्रहरीले घटना स्थलमा बिष्टले लगाएको कपडाको टुक्रा, परिवार नियोजनको सामग्री, सर्टको बकलीको कपडा घटनास्थलमा सुनियोजित तरिकाले राख्न लगाएको बताए ।
प्रहरीले घटना स्थलमा आफुलाई छोरीको मुचुल्कामा पटक पटक सहि छाप गर्न बल गरेको र रोशनीको घरमा जाँदा प्रहरी मुकदर्शक भएर बम परिवारको समर्थन गरेको पनि उनले बताए।
“घटना भएको रात इलाका प्रहरीका एक सई छोरी खोज्न जान तम्तयार भएको बेला उनले जिल्ला प्रहरी कार्यालयमा फोन गरी बेपत्ता बालिका खोज्न जान लागेको खबर गरेपछि जिल्ला प्रहरी कार्यालयले नजान भनेको र आदेशको पालना गरेको निर्मलाकी बुबाले बताए ।
यस्तै निर्मलाकी आम दुर्गाले पनि सरकारबाट न्यायको आशा गर्दै देशको राष्ट्रपति पनि छोरी नै हुन्, तपाईंहरुले पनि निर्मलालाई आफ्नो छोरीको ठाउँमा राखेर हेर्न र महशुस गर्न भन्दै सरकारको न्यायको लागि ध्यानाकर्षण गरिन्।
राजधानीमा समेत ‘हामी प्रहरी हौँ भन्दै’ बसेका होटेलमा लिस्ट हेर्दै हामीलाई फोन गरिरहेका छन्, तर हामीलाई थ्रेट छैन डर पनि छैन,” अधिकारकर्मी भण्डारीले भनिन् ।
“हामीलाई अहिले उपसचिव तथा हत्या अनुसन्धान समितिका सदस्य रबिन्द्र बहादुर केसीमाथि पनि शंका छ, उहाँ कहिले सुरुक्षा थ्रेट भयो कहिले गृहमन्त्रीलाई भेटेपछि कुरा मुल्यो भन्छन्, यसली प्रहरीको संगठनमा दाग नलागोस, काठमाडौँबसी सबैलाई सहयोग गर्नुस साथ् चाहिन्छ, अधिकारकर्मी भण्डारीले भनिन् ।