काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा पनि मन्दीको संकेत देखिन थालेको बताएका छन् । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघको तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले विश्वको अर्थतन्त्र नै अहिले मन्दीमा रहेकोले त्यसको संकेत नेपालमा पनि देखिन थालेको धारणा राखेका हुन् ।
उनले निरन्तर मुल्यवृद्धि उच्च हुँदै गएको, बाह्य क्षेत्रको चाप निरन्तर गएको बताउँदै नेपाली अर्थतन्त्रमा पनि मन्दीको संकेत देखिन थालेको धारणा राखेका हुन् । उनले सबै निकायहरुले सहकार्य र समन्वय गरेर यो किसिमको चुनौतिलाई परास्त गर्नु पर्ने धारणा राखेका हुन् ।
‘अहिले मुल्य स्थीरता कायम गर्नु पर्ने, वाह्य क्षेत्रको दबाव कायमै छ, वित्तीय स्थीरता कायम गर्नु पर्ने पनि चुनौति छ, यसमा सबै निकाय लाग्नु पर्नेछ, केही सुधार गर्नु पर्ने आवश्यक छ, सहकार्य र समन्वय सबैको आवश्यक छ,’ उनले कार्यक्रममा भने ।
यस्तै, पुर्व अर्थमन्त्री डा. युवराज खतिडाले आफुले बैंकमा पैसा राख्दा डुब्दैन भनेर जनतालाई विश्वास दिलाएको बताएका छन् । आइतबार सम्पन्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा खतिवडाले यस्तो बताएका हुन् ।
यस्तै, कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो एक दशकमा नेपाली वित्तिय प्रणालीमा धेरै विकास भएको बताए ।
पछिल्लो एक दशकमा धेरै प्रगति भएको छ, यसमा मेरो धेरै महत्वपूर्ण भूमिका छ, ‘एक दशकअघि सरकारी बैंक घाटामा थिए, अहिले ती बैंकहरु नाफामा छन्, यसले म खुसी छु,’ उनले कार्यक्रममा भने । बैंकहरुको पुँजी वृद्धिको कारण पनि धेरै सबल भएको र लगानी विस्तार गर्न समक्ष भएको धारणा राखे ।
