Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » बैंकहरुको मर्जरले ठूला परियोजनामा लगानी सहज हुन्छ : प्रधानमन्त्री

    बैंकहरुको मर्जरले ठूला परियोजनामा लगानी सहज हुन्छ : प्रधानमन्त्री

    पहिलोक्लिकपहिलोक्लिकJanuary 9, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बैंकहरुको मर्जरबाट विकास निर्माणका ठूला परियोजनाहरुमा लगानी गर्न सहज हुने बताएका छन्।

    ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको औपचारिक उद्घाटन गरेपछि सोमबार सम्बोधत्रनका कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

    ‘बैंक तथा वित्तीय संस्था मर्जर लगायताका कृयाकलापले ठूला परियोजनामा श्रोत जुटाउन सहज हुनेछ’, उनले भने, ‘यसले अझ बढी वित्तीय दक्षता बढ्ने छ। अर्कातिर वित्तीय क्षेत्रमा देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हटेर जाने छ।’

    उनले सम्बोधनका क्रममा बैंकहरु ठूलो हुँदै जाँदा नागरिकको पहुँचमा कमी आउन दिन नहुने पनि बताए।

    ‘बैंक तथा वित्तीय संस्थान देशका आर्थिक क्षेत्रका खम्बा हुन्। वित्तीय साक्षरता र स्वरोजगारमा पनि लगानी बढ्ने विश्वास छ’, उनले भने, ‘हाम्रो जस्तो विकाशशील देशमा निजी क्षेत्रको ठूलो भूमिका छ।’

    उनले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई यहाँसम्म ल्याएर देशकै ठूलो बैंक बनाउनु चानचुने कुरा नभएको बताए।

    ‘सबैलाई मिलाएर यहाँसम्म आइपुग्नु नै ठूलो कुरा हो। देशकै ठूलो बैंक बनाउन दुवै बैंकको यो योगदान छ’, उनले भने, ‘यो पक्कै सजिलो काम होइन। तपाईंहरुले धेरै उतारचाढ पार गर्नुपर्यो। यो हाम्रो राष्ट्रका लागि महत्वपूर्ण कदम हो। यो मर्जरले देशले अझै बलियो, थप विविध र गतिशील बैंकिङ क्षेत्र पाउने छ।’

    प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार गठनसँगै पुँजीबजार र अर्थतन्त्रमा देखिएको आशालाई विश्वासमा बदल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

    ‘दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण सरकारको प्राथमिकतामा पर्नेछ’, उनले भने, ‘अर्थतन्त्रलाई वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयनबाट माथि उकासिनेछ।’

    सरकार गठनलगत्तै अर्थतन्त्र सुधारलाई आफूहरुले प्राथमिकतामा राखेको र अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर र आफू सँगै बसेर निजी क्षेत्रले भोगिरहेको समस्या समाधानका लागि केही सहजीकरण गरेको स्मरण गर्दै प्रचण्डले यस्तो प्रयास र अभ्यास निरन्तर रहने पनि बताए।

    मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित बन्दै
    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित बन्दै गएको बताएका छन्।

    खुला नीतिका कारण धेरै वित्तीय संस्था खुलेको गर्भनर अधिकारीको भनाइ थियो। ‘संस्था बढी हुँदा बित्तिय मध्यस्था लागत बढ्छ’, उनले भने, ‘जसका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भयो। अर्थतन्त्रमा पनि सकारात्मक योगदान भएन।’
    ‘अहिलेसम्म २४७ संस्था मर्ज भएर ६८ संस्था कायम भएका छन्’, उनले भने, ‘ वित्तीय मध्यस्थताको लागत पनि घट्दै गएको छ। वित्तीय प्रणाली पनि थप सुरक्षित हुँदै गएको छ।’

    Facebook Comments Box

    मर्जर
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026

    राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

    October 28, 2026

    सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात

    October 28, 2026

    विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

    October 28, 2026

    असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

    October 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.