Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पोल्ट्री उद्योगलाई सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग : प्रधानमन्त्री

    पोल्ट्री उद्योगलाई सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग : प्रधानमन्त्री

    पहिलोक्लिकपहिलोक्लिकJanuary 21, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    काठमाडौँमा आज आयोजित ‘राइट टू प्रोटिन रन’ हाफ म्याराथन पुरस्कार वितरण समारोहमा उहाँले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पुग्न नसकेको उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री दाहालले प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तथ्याङ्कअनुसार सन् २०१९ मा ३२ प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाले उमेर अनुसारको उचाइ प्राप्त गर्न सकेनन् । उमेरअनुसार जति प्रोटिनको आवश्यकता हुन्छ, सोअनुसारको उपलब्धता हुन नसक्दा यस्ता समस्या हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ । पुड्कोपना र कुपोषणको समस्याबाट विशेषगरी गरिबीको रेखामुनि रहेका समुदाय बढी पीडित रहेको पाइन्छ ।”

    पहिलो एक हजार दिनमा बालबालिकालाई उपलब्ध हने पोषणले उनीहरुको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गर्भवती र नवजात शिशुलाई लक्षित गरी स्वास्थ्य प्रवद्र्धनका विभिन्न कार्यक्रम सरकारले सञ्चालन गरिरहेको जानकारी दिनुुभयो । उहाँले पोल्ट्री उद्योगले अण्डा र मासुमार्फत प्रोटिनको आपूर्तिमा योगदान पु¥याएकामा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकामा पोल्ट्री उद्योगका उद्यमी र कृषकलाई धन्यवाद दिनुभयो ।
     
    आत्मनिर्भरउन्मुख यस उद्योगले बर्ड फ्लूलगायत रोग, कच्चापदार्थको मूल्य, औषधिलगायत समस्या भोगिरहेका बारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यी समस्या समाधान गरी नेपालको अर्थतन्त्र र गरीबी निवारणमा महत्वपूर्ण योगदान पु¥याएको पोल्ट्री उद्योगलाई थप सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालका सम्पूर्ण पशु चिकित्सकको छाता सङ्गठन नेपाल भेटेरिनरी एसोसिएसनले नेपाल दाना उद्योग सङ्घ र सम्बन्धित सरोकारवालाको सहभागितामा प्रोटिन माथिको अधिकारलाई स्थापित गर्ने उद्देश्यले हाफ म्याराथनलगायत दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकामा उहाँले बधाईज्ञापन गर्नुभयो ।

    Facebook Comments Box

    पोल्ट्री उद्योग
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.