Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नेपाल भारत व्यापार तथा लगानीको अवस्था सुधारका विषयमा छलफल

    नेपाल भारत व्यापार तथा लगानीको अवस्था सुधारका विषयमा छलफल

    पहिलोक्लिकपहिलोक्लिकFebruary 1, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाहरूको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी) र महासंघ बीच मंगलवार सांझ महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

    भेटवार्तामा दुुई देश बीचको व्यापार तथा लगानीको पछिल्लो अवस्थाका साथै हालको व्यापार तथा लगानीको अवस्थामा सुधारका विषयमा छलफल भएको थियो । नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र र अन्य दक्षिण एसियाली देशहरू बीच क्षेत्रीय मूल्य श्रृंखलाको विकासका सम्भावनाहरू वारे पनि सो अवसरमा छलफल भएको थियो ।

    छलफलमा दुुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकाहरूमा रहेका अवरोध, आयात निर्यातलाई थप सहजीकरण गर्न गर्नुपर्ने पहल, लगानी विस्तार तथा निर्यातमा रहेका समस्यामाथि सुुझाव दिन भारतीय टोलीले आग्रह गरेको थियो । आयात÷निर्यात सम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सिमा सुरक्षा, प्राविधिक तालमेल आदिका विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।

    सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नेपाल भारत बीच विशिष्टिकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधै भारतीय सहयोगको अपेक्षा गरेको बताए । दुुई देश बीचको व्यापारिक नाकाहरुको अवस्था अत्यन्त कमजोर रहेको, चिया, अलैची, अदुवा लगायतका नेपाली कृषि उत्पादनहरु भारतीय व्राण्डको नाउमा विश्व बजारमा जाने गरेकाले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुुपर्ने सुुझाव राखे ।

    कृषि उत्पादनको परिक्षणका नाउंमा गैह्र भंसार अवरोध श्रृजना गरिदा नेपाली निर्यातकर्ताहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको पनि उनले बताए । अहिले भारतले गहुं निर्यातमा प्रतिवन्ध लगाउंदा नेपाली उद्योगहरु समस्या परेको पनि जानकारी गराए ।

    नाकाहरु अत्यन्त कमजोर रहंदा नेपालको पारवहन/ढुवानी खर्च अत्यन्त महंगो हुन जांदा भारत सहित तेस्रो मुलुुकका वजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिनाई भएको अध्यक्ष गोल्छाले स्पष्ट पारे । नेपाली उत्पादनहरु भारतीय वजारका साथै बंगलादेश लगायत तेस्रो मुलुकमा सहज निकासीमा भारतीय पक्षबाट सहयोग हुनुुपर्ने, निर्यात नाकाहरुको विस्तार तथा स्तरीकरणमा सहयोग हुन सो अवसरमा आग्रह गरे ।

    अध्यक्ष गोल्छाले यसअघि जस्तो सुकै अवस्थामा आपसी व्यापार भएपनि अवको समयमा क्षेत्रीय सन्निकटता (कनेक्टिभीटी) लाई विस्तार गर्दै आर्थिक गतिविधि, लगानी प्रवद्र्धन स्मार्ट तरिकाले गर्नुपर्ने सुुझाव दिए । उनले सो अवसरमा आगामी मार्चमा काठमाडौमा नेपाल भारत लगानी सम्मेलन हुने बताए । पूर्वाधार विकासमा ठूलो मात्रामा भारतीय लगानीको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको पनि बताए।

    महासंघले नेपाल, भारत सहित क्षेत्रीय आर्थिक सम्बन्ध विस्तारमा रहेका चुनौती तथा समस्या सम्बन्धमा अध्ययन गरि छिट्टै सुुझाव पेश गर्ने पनि नेडफीको प्रतिनिधिमण्डलाई जानकारी गरायो । नेडफीले भारतको उत्तरपूर्वी क्षेत्रमा औद्योगिक, पूर्वाधार, कृषि सम्वद्ध परियोजनाहरु स्थापना गर्नका लागि लघु, साना, मझौला र ठूला उद्यमहरुलाई वित्तिय सहायता प्रदान गर्दै आएको र यसमा नेपालसंग पनि कसरी सहकार्य गर्न सकिन्छ भनि अध्ययन गर्न नेपाल भ्रमणमा आएको नेडफीका अध्यक्ष मुर्तीले जानकारी गराए ।

    जेएनयूका वरिष्ठ प्राध्यापक लामाले दुर्वै देश बीच रहेका नीतिगत, संरचनागत, पूर्वाधार, कार्य तौरतरिका, प्रविधि आदिमा रहेका असमानतालाई कम गरी आर्थिक विकासका माध्यमबाट आपसी लाभ लिने कार्यमा कसरी संयुक्त रुपमा अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न आफूहरु नेपाल भ्रमणमा आएको स्पष्ट पारे।आपसी भेटमा महासंघबाट आएका सुुझावहरुलाई आफूहरुले सम्बन्धित निकायमा संवोधन गराउने कार्यमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

    उनले हाल कायम रहेका नाकाका अतिरिक्त ताप्लेजुङको चिवा नाका लगायत थप अन्य नयां नाकाहरु खोली आर्थिक गतिविधिलाई थप विस्तार गर्नुपर्ने सुुझाव दिए । यसले ताप्लेजुङ, पाथीभरा, सिक्किम सहित त्यस क्षेत्रका अन्य जिल्लाहरुलाई जोड्ने र त्यसबाट ठूलो लाभ उठाउन सकिने धारणा प्राध्यापक लामाले राखे।

    भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जेएनयूका वरिष्ठ प्राध्यापक एवं नेपाल सम्बन्धी जानकार महेन्द्र पी. लामाको नेतृत्वमा नेपाल भ्रमणमा आएको निगमको तीन सदस्यीय टोली सहभागी थिए।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.