इस्तानबुल: टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पप गएछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ ।
टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १,१२१ व्यक्तिको मृत्यु भएको र सिरियामा थप ७८३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
दुवैतिरको हताहतीको संख्या १,९०४ पुगेको बताइएको छ । थप विवरण सार्वजनिक हुने क्रममा छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएकोे छ ।
यसअघि एक स्थानीय अस्पतालले एएफपीसँगको कुराकानीमा सिरियाली टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो ।
भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा महशुस गरिएको थियो । रासस-एएफपी
