काठमाडौँ: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालका भाइ सरोज कुमार उपाध्यायको निधन भएको छ।
शनिबार काठमाडौंको एक घरबाट खसेका उनको उपचारका क्रममा केहीबेर अघि निधन भएको हो।
उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्जिनियर विभागका प्रमुख पनि हुन्।
उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
Facebook Comments Box
