काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन्।
उपराष्ट्रपतिको चुनाव चैत ३ गते सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन्।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार उपराष्ट्रपतिको चुनावपछि विश्वासको मत लिने तयारी भएको छ ।
‘प्रधानमन्त्रीले चैत ६ या ७ गते विश्वासको मत लिनु हुन्छ’, गजुरेलले भने, ‘त्यसका लागि सरकारलाई समर्थन गर्ने दलहरुसँग छलफल भइरहेको छ।’
गजुरेलका अनुसार संसदमा दर्ता भएका सत्यनिरुपण मेलमिलाप आयोगसम्बन्धी विधेयक पनि अगाडि बढाउने गरी छलफल चलिरहेको छ।
Facebook Comments Box
