काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। उनी उमेशलाल श्रेष्ठ समूहका हुन्। उनले ६१ मत पाएका छन्।
अन्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाएका छन्। यस्तै रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मत पाएका छन्।
उमेशलाल समूहको कार्यसमिति सदस्यमा पनि ८ जना निर्वाचित भएका छन्। अन्जन समूहको ६ जना मात्रै कार्यसमिति सदस्य निर्वाचित भएका छन्।
Facebook Comments Box
