काठमाडौँ: अझै कम्तीमा ३ दिन देशभर वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले अझै तीन दिन सबै प्रदेशमा वर्षा जारी रहने सम्भावना देखिएको हो।
मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
मौसमविद् नगरकोटीका अनुसार अहिले पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ।
यसैबीच काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्। ‘आज पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छ’, उनले भनिन्।
Facebook Comments Box
