काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज (सोमबार) देखि बयान हुने भएको छ।
यसअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार सकेको छ।
योसँगै खाँणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ। तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन्।
अब आजदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणको बयान थालिने भएको हो।
जिल्ला अदालत काठमाडौंले यो मुद्दा अनुसन्धानका लागि खाँणविरुद्ध थप चार दिन समय दिएको छ।
Facebook Comments Box
