काठमाडौँ: पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको र प्रहरीले खोजि तिब्र पारेकाले उनले आत्मसमर्पण गरेका हुन् ।
शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् ।
सोही कारण शेर्पालाई प्रहरीले खोजी रहेको थियो । शनिबार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापासमेत मारेको थियो ।
