Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » मेकइन नेपाल स्वदेशी समिट २०२३ शुरु

    मेकइन नेपाल स्वदेशी समिट २०२३ शुरु

    पहिलोक्लिकपहिलोक्लिकMay 16, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: आन्तरिक उत्पादन तथा औद्योगिककरणका बारेमा बहस र छलफल गर्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघले मेकइन नेपाल स्वदेशी समिट २०२३ आयोजना गरेको छ।

    औद्योगिक उत्पादनको वर्तमान अवस्था, सरकारले लिनुपर्ने नीति र बन्नुपर्ने संरचनागत व्यवस्थाका बारेमा उद्योगी व्यवसायी, नीति निर्माता तथा विज्ञहरू एकै ठाउँमा बसेर बहस छलफल गर्ने उद्देश्यसहित परिसंघले सम्मेलनको आयोजना गरेको हो।

    समिटको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले परिसंघसँग मेकइन नेपाल अभियासन सञ्चालनका लागि सहकार्य गरिरहेको र यो समिटबाट आउने सुझाव तथा निष्कर्ष अनुसार काम गर्नका लागि तयार रहेको बताए।

    रोजगारी सिर्जना तथा दिगो आर्थिक विकासका लागि स्वदेशी उत्पादन बढ्नुपर्नेमा सरकार स्पष्ट भएको उनको भनाइ छ।

    नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगकै सहकार्यमा मेकइन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको छ। आन्तरिक उत्पादन बढाएर स्वदेशमा खपत बढाउने तथा प्रतिस्पर्धी बनाएर विश्व बजारमा निर्यात गर्ने अवस्था बनाउनका लागि यो अभियान चलाइएको परिसंघका अध्यक्ष विष्णु अग्रवालले जानकारी दिए।

    वृहत रोजगारी सिर्जना तथा बलियो आर्थिक विकासका लागि औद्योगिकरण गर्नैपर्नेमा सबै सहमत भएको र यो अभियान अन्तर्गत परिसंघले विभिन्न नीतिगत तथा संरचनागत सुधारको पहिचान गरेको उनले जानकारी दिए।

    उत्पादन गर्न सकिने र त्यसबाट नेपालले लिनसक्ने लाभका बारेमा तथ्यमा आधारित अध्ययनका आधारमा परिसंघले यस्तो सुझाव सरकारलाई दिइसकेकको उनले जानकारी दिए।

    यो सम्मेलनका क्रममा अहिलेको अवस्थाम आवश्यक सुधार तथा अवसरका बारेमा छलफल हुने उनको भनाइ छ।

    सांसद तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लले अहिलेको अवस्थामा नेपालले बलियो अर्थतन्त्रका लागि उत्पादन बढाउनपर्ने बिन्दुमा पुगेको र यस्ता सम्मेलनबाट गर्नुपर्ने सुधारका बारेमा दिशानिर्देश हुने बताए।

    नेता र प्रशासकको निगाहमा नीतिगत व्यवस्था परिवर्तन हुने अहिलेको अवस्थालाई सुधार गर्नका लागि निजी क्षेत्र, सरकार तथा संसदले सुधार गर्नुपर्ने उनको भनाइ छ। निजी क्षेत्रले तथ्यमा आधारित पैरवी, संसदले कानून बनाउने तथा सरकारले संरचनागत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

    Facebook Comments Box

    मेकइन नेपाल स्वदेशी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.