काठमाडौं: नेपाल आयल निगमले डिजलको मूल्य लिटरमा १० रुपैयाँ घटाएको छ।
निगमको मंगलबार बसेको संचालक समिति बैठकले लिटरमा १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
अव उपभोक्ताले डिजल लिटरको १ सय ५५ रुपैयाँमा पाउनेछन्।
निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो। निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको थियो।
Facebook Comments Box
