काठमाडौँ: कीर्तिमानी आरोही कामी रिता शेर्पाले बुधबार २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । बुधबार बिहान साढे ८ बजे उनले सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।
कामिरिता शेर्पाले सगरमाथा आरोहणमा आफ्नै विश्व रेकर्ड तोडेका छन्।
सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रुपमा कार्यरत छन् । जनवरी २, १९७० मा जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए ।
Facebook Comments Box
