काठमाडौँ: आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य तय गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य घोषणा गर्दै अर्थमन्त्री महतले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशतको तय गरिएको बताएका हुन् ।
चालु आर्थिक वर्षमा सरकाले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा २।१६ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ।
यस्तै, सरकारले आगामी आर्थिक वर्षमा मूल्य वृद्धिदर ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य तय गरेको छ । चालु आर्थिक वर्षमा मूल्य वृद्धिदरको लक्ष्य ७ प्रतिशत तय गरिए पनि त्योभन्दा माथि रहँदै आएको छ ।
Facebook Comments Box
