Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सरकारी वकिलको दलिल: प्रतिवादीले पोलेका ओलीदेखि राईसम्ममाथि प्रहरीलाई अनुसन्धान गर्न दिन आदेश माग

    सरकारी वकिलको दलिल: प्रतिवादीले पोलेका ओलीदेखि राईसम्ममाथि प्रहरीलाई अनुसन्धान गर्न दिन आदेश माग

    पहिलोक्लिकपहिलोक्लिकJune 6, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामात्रै नभएर पक्राउ नपरेका अन्य केही शंकित व्यक्तिहरूलाई पनि अनुसन्धानका लागि प्रहरीलाई आदेश दिन इजलासमा माग गरिएको छ । सह प्रतिवादीले पोल गरेका केही संकितमाथि अनुसन्धान नै नभएको भन्दै उनीहरूमाथि पनि अनुसन्धानका लागि प्रहरीलाई आदेश गर्न इजलाससमक्ष माग गरिएको हो ।

    अधिवक्ता हरिप्रसाद कँडेलले जुडिसियल नोटिसका लागि भन्दै काठमाडौं जिल्ला अदालतमै चलिरहेको एक मुद्दाको उदाहरण दिँदै मुद्दा दर्ता भइसकेपछि पनि अदालतले पोल गरिएका अन्य व्यक्तिको हकमा समेत अनुसन्धानका लागि आदेश गर्न सक्ने बताए ।

    मंगलबार जाहेरवालाका तर्फबाट बहस गर्ने क्रममा अधिवक्ता हरिप्रसाद कँडेलले जुडिसियल नोटिसका लागि भन्दै काठमाडौं जिल्ला अदालतमै चलिरहेको एक मुद्दाको उदाहरण दिँदै मुद्दा दर्ता भइसकेपछि पनि अदालतले पोल गरिएका अन्य व्यक्तिको हकमा समेत अनुसन्धानका लागि आदेश गर्न सक्ने बताए ।

    अधिवक्ता कँडेलले सह अभियुक्त रहेका सानु भण्डारी, टेकनाथ रिजाल लगायतले अन्य अभियुक्तहरूको नाम पोलेका भएपनि उनीहरूमाथि अनुसन्धान नै नभएको भन्दै उनीहरूमाथि पनि अनुसन्धानका लागि इजलासले आदेश दिनुपर्ने माग गरे ।

    अधिवक्ता कँडेलले भने, ‘प्रतिवादी सानु भण्डारी, केशव दुलाल, टेकनाथ रिजाल लगायतले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यका पति डा. अजय क्रान्ति शाक्य, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलका पत्नी नैनाकला थापा, काँग्रेस सभापति शेर बहादुर देउवाका पत्नी आरजु देउवा, त्यसपछिका गृहमन्त्री बालकृष्ण खाणका श्रीमती मञ्जु खाण, तत्कालीन गृहसचिव तथा हाल अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई पैसा दिएको भन्दै पोल गरेका छन् । तर प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको छैन । टेकनाथ रिजालले बयानका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन समयमै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत भेट गरी सो सम्बन्धमा कुराकानी भएको बयान गरेका छन् । त्यसैगरी सह प्रतिवादीले पोल गरेका बेचन यादवको सम्बन्धमा पनि प्रहरीले कुनै अनुसन्धान गरेको छैन । अब अदालतले यस विषयमा बोल्नुपर्छ ।’

    अधिवक्ता कँडेलले अगाडि भने, ‘म जुडिसियल नोटिसका लागि के जानकारी गराउन चाहन्छु भने यही अदालतमा चलिरहेको सौगात सुनुवारको जाहेरीले नेपाल सरकार वादी रहेको ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा सुरुमा नवराज ढकाल र उमेश रेग्मीलाई मात्रै प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । तर जब प्रतिवादीहरूले अर्का व्यक्तिको नाम पोल गरे, त्यसपछि अदालत आफैँले अर्का प्रतिवादीका सम्बन्धमा थप अनुसन्धान गर्नका लागि प्रहरीलाई आदेश दियो र प्रहरीले पछि थप अनुसन्धान गरी मुद्दा चलिरहेकै अवस्थामा अर्का व्यक्तिलाई पनि प्रतिवादी बनाएर ल्यायो । जाहेरीमा पनि ती अर्का व्यक्तिको नाम उल्लेख थिएन । तर अदालतले आफैँ आदेश दिएपछि प्रहरीले थप अनुसन्धान गरी तेस्रो व्यक्तिलाई पनि ल्याउन सक्छ भने सह प्रतिवादीहरूले पोल गरेका उच्चपदस्थ व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिन किन सक्दैन । यो अदालतको प्राक्टिसमा समेत भएको कारण पोल गरिएका अन्य व्यक्तिहरूको सम्बन्धमा पनि अनुसन्धान गर्न आदेश दिइयोस् ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.