Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ५६ लाख शेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहदैनः अर्थमन्त्री डा. महत

    ५६ लाख शेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहदैनः अर्थमन्त्री डा. महत

    पहिलोक्लिकपहिलोक्लिकJune 8, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

    धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भन्नुभयो– ‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण छ । त्यसकारण बोर्डको जिम्मेवारी र दायित्व बढेको छ । ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु यसको दायित्व र जिम्मेवारी हो । यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्नेछ । यसलाई अझ उचाइँमा पुर्याउने छ ।’

    धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउदै डा. महतले शेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नकालागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता बनाउनुभयो ।

    ‘आगामी आर्थिक वर्षको आय व्याय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आम लगानीकर्ताहरुलाई आय करको दायरामा ल्याउने हुँदै होइन, सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो –उहाँले भन्नुभयो ।

    ‘सेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्याउने माध्यमका रुपमा धितोपत्र बोर्ड माध्यम बन्नु हुँदैन’, मन्त्री डा. महतले भन्नुभयो – ‘सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गाँस काटेर लगानी गरेका छन् उनीहरुको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको हो ।’

    ‘शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ । धितोपत्र बोर्डलाई अटोमेटेट सिस्टम लैजाने, हरेक क्रियाकलापलाई कागज रहित बनाएर लैजाने, कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा उच्च सर्तकता धितापत्र बोर्डले अपनाउने छ’, मन्त्री डा. महतले भन्नुभयो ।

    ‘सेयर बजारलाई स्वस्थ्य र लगानीकर्ताको लगानी सुरक्षित गर्नका लागि राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । अर्थ मन्त्रालयबाट कहिँकतै दुविधा नरहोस्, कसैले भ्रम सिर्जना गर्ने प्रयास नगरुन् । सेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन, तर सीमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने, नाम चाहिँ ५६ लाख लगानीकर्ताको लिने परम्पराको अन्त्य हुनुपर्छ’, मन्त्री डा. महतको भनाइ थियो ।

    सूचना प्रविधिको भरपूर उपयोग गर्न अर्थमन्त्री डा. महतले सुझाउनु भएको छ । उहाँले धितोपत्र बोर्ड छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.