Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » प्रधानन्यायाधीश कार्कीको सपथ आजै गराउने तयारी

    प्रधानन्यायाधीश कार्कीको सपथ आजै गराउने तयारी

    पहिलोक्लिकपहिलोक्लिकJune 16, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएपछि शुक्रबार नै सपथ गराउने तयारी भएको छ ।

    सपथका लागि आफुहरु तयारी अवस्थामा रहेको भन्दै समयमै पत्र आइपुगे आजै सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयमा समयमै आइपुगेमा शुक्रबार नै सपथ गराउने तयारी भएको छ ।

    प्रवक्ता भट्टराईका अनुसार समितिबाट नाम अनुमोदन भएको पत्र आएको तीन घण्टाको समय राष्ट्रपति कार्यालयका लागि तयारी गर्न लाग्नेछ । उक्त समयमा सपथमा बोलाउनुपर्ने सबै व्यक्तित्वहरुलाई पत्र पठाई बोलाउनका लागि समय लाग्ने भएकाले समयमै पत्र आइपुगेमा शुक्रबार नै सपथ गराउने तयारी भएको छ ।

    प्रवक्ता भट्टराईले भनिन्, ‘सपथका लागि हामी त तयारी अवस्थामै छौँ, अब समितिबाट नाम अनुमोदन भएको पत्र कति समयमा आइपुग्छ, त्यसपछि मात्रै सपथको मिति र समय भन्न सक्छौँ । आज समयमै पत्र आइपुगेको अवस्थामा आजै सपथ हुने सम्भावना पनि छ । तर अब पत्र कुन बेला आइपुग्छ भन्ने थाहा नभएकाले त्यसपछि मात्रै आज सपथ हुन्छ कि हुँदैन भन्न सकिन्छ । हामीलाई तीन घण्टाको समय भए पुग्ने भएकाले आज समयमै पत्र आइपुग्यो भने आजै सपथ हुनसक्ने सम्भावना छ ।’

    संसदीय सुनुवाइ समितिका सचिव पदमप्रसाद पाण्डेयका अनुसार शुक्रबार करिब १२ बजेसम्ममा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको सर्वाधिक परिषद्लाई जानकारीसहितको पत्र पठाइनेछ । त्यसपछि संवैधानिक परिषद्बाट सोको जानकारीसहित सपथका लागि राष्ट्रपति कार्यालयमा पत्र लेखिनेछ । राष्ट्रपति कार्यालयबाट सपथका लागि समय प्रदान भएपछि राष्ट्रपतिबाट सपथ गराइनेछ ।

    Facebook Comments Box

    सपथ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.