Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सरकारी वकिलको दलिल: न्याय राज्यलाई चाहिएको छ, बालकृष्ण, टोबहादुर, इन्द्रजित र टेक नारायण योजनाका ‘फिक्सर’ हुन्

    सरकारी वकिलको दलिल: न्याय राज्यलाई चाहिएको छ, बालकृष्ण, टोबहादुर, इन्द्रजित र टेक नारायण योजनाका ‘फिक्सर’ हुन्

    पहिलोक्लिकपहिलोक्लिकJune 16, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    ‘संगठित अपराधहरु दाउद इम्ब्राइमहरुले गरेजस्तो हुन जरुरी नभएको बताए ‘

    काठमाडौँ: जवाफी बहसको आज अन्तिम दिन सरकारी वकिलहरुले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी मुद्दामा प्रतिवादीहरु मुख्य गरी पूर्वमन्त्रीहरु बालकृष्ण खाण, टोपबहादुर रायमाझी, र इन्द्रजित राई र टेकनारायण पाण्डे योजनाका ‘फिक्सर’ रहेको किटान गरे ।

    शुक्रबार जिल्ला अदालत काठमाडौँमा सरकारी वकिलहरुले जवाफी बहस गर्ने क्रममा सो जवाफ दिएका हुन् । जारी बहसमा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे र महेश खत्रीले बहस गरेका छन् । बहस गर्नेको सूचीमा रहेका अन्य दुई जनाले पनि आजै जवाफी बहस सक्नेछन् ।

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहसका क्रममा जिल्ला न्यायाधिवक्ता घिमिरेले नागरिकको नामबाट राज्यले न्याय मागिरहेको बताए । उनले भने, ‘राज्यलाई न्याय चाहिएको छ श्रीमान । जाहेरवालाले जति पैसा गुमाएका छन्, त्यो चाहिएको हो । तर, न्याय राज्यलाई चाहिएको छ ।’

    उनले यस्तो बताएपछि न्यायाधीशले सोधे– ‘यसमा प्रमाण के छ ?’ जवाफमा उनले सबै संगठित अपराधहरु दाउद इम्ब्राइमहरुले गरेजस्तो हुन जरुरी नभएको बताए । भुटानी शरणार्थी प्रकरणमा भएको ठगी नयाँ पुस्ताको संगठित अपराध भएको जिकिर गरे ।

    ‘जवाफमा सबै संगठित अपराधहरु दाउद इम्ब्राइमहरुले गरेजस्तो हुन जरुरी छैन श्रीमान’, इजलासमा न्यायाधिवक्ता घिमिरेले भने, ‘यो अहिलेको ठगी नयाँ पुस्ताको संगठित अपराध हो ।’ बहसका क्रममा उनले प्रतिवादीहरु बालकृष्ण खाण, टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे फिक्सर भएको किटान गरे ।

    ‘पहिलो लेयरमा केशव दुलाल र सानु भण्डारीहरु देखिए । उनीहरुले पोलिटिकल ‘नेक्सस’ बनाए । यो दोस्रो पुस्ताको संगठित अपराध हो’, इजलासमा उनले भने, ‘मन्त्रिपरिषद्बाट फर्किएको शरणार्थी कार्यदलको प्रतिवेदन फिर्ता आएपछि बालकृष्ण खाँणले नयाँ टीओआर दिएर झापाका सहायक सीडीओको नेतृत्वमा उपसमिति बनाउन लगाएको देखिन्छ ।’

    न्यायाधिवक्ता घिमिरेले यो अपराधमा सरकारी गाडी दुरुपयोग भएको पनि बताए । ‘सरकारी गाडी चढ्दा निजामती कर्मचारीको कार्डसमेत भिरेर सन्देश शर्माले दुरुपयोग गरेका छन् । यसमा सरकारी गाडीको रोल छ’, बहसका क्रममा सरकारी वकिलले भने, ‘त्यो गाडी नहुने हो भने प्रतिवदीले कार्ड भिर्न र ड्रेस लगाएर हिँड्न सक्छ त ? त्यसकै कारणले ठूलो अपराध भएको छ ।’

    न्यायाधिवक्ता घिमिरेले आङटावा शेर्पाले केशव दुलाल र सानु भण्डारीलाई भेटेपछि गरेको कागजका आधारमा शरणार्थीको पैसा जग्गा कारोबारमा परिणत गरेको बताए । सानुको दाइ राजुको नाममा सो कागज भएको उनको जिकिर थियो । ‘जग्गा कारोबार भएको भए गृहमा झगडा गर्नुपर्छ त ? त्यो कुरा टोपबहादुरले पनि स्वीकारेका छन्’, बहसमा गृहमन्त्रालयमा पैसाको विषयमा इन्द्रजित राईसँग भएको झगडाको विषयमा वकिलले भने । प्रतिवादीका वकिलले सीसीटीभीको कुरा उठाएपनि ४ वर्षको सीसीटीभी फुटेज देखाउन सम्भव नहुने सरकारी वकिलको जिकिर थियो ।

    यस्तै टंक गुरुङले १० लाख उठाएको र अपराध गर्ने सेल्टर नै उनको होटल भएको सरकारी वकिलले बताए । यस्तै टोपबहादुरका छोरा सन्दीपले लिएको ४० लाख शेयर बेचेर प्राप्त पैसा नभई शरणार्थी प्रकरणकै भएको जिकिर गरिएको छ ।

    तेस्रो मुलुकमा शरणार्थीलाई पुनर्स्थापना गर्ने कुरा बाहिरबाट हेर्दा राम्रो देखिए पनि यसमा दुषित मनशाय रहेको सरकारी वकिलले जवाफी बहसका क्रममा जिकिर गरेका छन् ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.