Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पदमा रहँदासम्म देश र जनताको पक्षमा काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    पदमा रहँदासम्म देश र जनताको पक्षमा काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    पहिलोक्लिकपहिलोक्लिकJuly 10, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।

    लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उनले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताए । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्नसमेत गरे। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले मतभेदका पनि आफ्ना सीमा र मर्यादा रहेको बताए ।

    प्रधानमन्त्री दाहालले भने, “मतभेदका पनि आफ्ना मर्यादा हुन्छ, आवेग र हतारमा टिप्पणी नगरौँ ।” दलगत स्वार्थको परम्परागत प्रदर्शनबाट जनता आजित भइसकेको कुरालाई नबिर्सन समेत उहाँले आग्रह गरे । प्रधानमन्त्री दाहालले स्पष्टीकरणको मौका नदिई लगातार राजीनामा मागिनु संसदीय मर्यादाभित्र नरहेको स्पष्ट पारे । उनले भने, “तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो रु म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो रु राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन ।”

    प्रतिपक्षलाई प्रश्न उठाउने हक भएको उनको भनाइ छ । उनले भने, “राजीनामा नदिएसम्म संसद् चल्न दिँदैनौँ किन भनियो रु के यही हो संसदीय अभ्यास रु प्रतिपक्षलाई हक छ म मान्छु । उहाँहरूले प्रश्न उठाउन सक्नहुन्छ । नैतिकताको प्रश्न उठाउन पाइन्छ ।”

    संसद्मा पटक पटक नैतिकताको विषय उठेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “नैतिकता कसले देखायो, कसले देखाएन, म इतिहास हेर्न अनुरोध गर्दछु ।” विगतमा आफूले दुई पटक नै नैतिकताको धरातलमा टेकेर राजीनामा दिएको उनले स्मरण गरे । उनले कोही कसैले भनेकै आधारमा राजीनामा नदिने बरु आफ्नो अन्तरआत्माले भने एक मिनेट पनि पदमा नबस्ने स्पष्ट पारे । प्रधानमन्त्री दाहालले भने, “तपाईँहरुले भनेकै आधारमा राजीनामा म दिन्न, तर मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिन ।”

    उनले आफू प्रधानमन्त्रीको पदमा रहँदासम्म देश, जनताको पक्षमा काम गरेर देखाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले सरकार मिटर ब्याज पीडितको पक्षमा रहेको र यो विषय धेरै पहिल्यैदेखि उठेको बताए । उनले परिवर्तनको रक्षा, सुशासन र शान्ति, बृहत्तर राष्ट्रिय हित र राष्ट्रियता एवं सार्वभौमसत्ताको विषयमा आफू प्रतिबद्ध रहेको र त्यसमा निष्ठावान रहेको दोहोर्याए । उनले प्रितम सिंहका बारेमा लेखिएको पुस्तक विमोचनमा क्रममा व्यक्त भएका भाषाप्रति दुःख व्यक्त गरे।

    सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको बताए । प्रधानमन्त्रीले भने, “यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के रु थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ ।”

    प्रधानमन्त्रीको रुपमा आफूले त्यस्तो नबोल्नुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भन्नुभयो “म त्यो दिन प्रधानमन्त्री भएर बोलिन । म ज्ञानुको बुबा भएर बोल्न पुगेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगे ।” उनले आफ्नो स्वभावजन्य भावुकताका लागि आत्म समीक्षा गरेको बताए। प्रधानमन्त्री प्रचण्डले आत्म समीक्षासँगै आफूका बारेमा प्रश्न उठाउनेमाथि पनि थप केही प्रश्न गरे । “यसबीचमा प्रश्न उठाइयो, मलाई प्रधानमन्त्री कसले बनायो रु नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भन्ने किसिमले प्रश्न उठ्यो । म यो प्रश्न उठ्दै गर्दा मभित्र धेरै कुरा खेले । मलाई प्रधानमन्त्री बनाउन लिखित रूपमा हस्ताक्षर गर्नेहरूबाटै यो प्रश्न आएको देख्दा म गम्भीर भएको छु”, उनले भने ।

    आफू प्रधानमन्त्री कुन परिवेशमा भए भन्ने कुरा सबैभन्दा बढी हेक्का प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई थाहा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “कसले रोक्न खोजेको थिए भन्ने थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो भन्नेमा मभित्र प्रश्न उठेको छ ।”

    प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिएको छ । राष्ट्रियसभाका पूर्वसदस्य लालकाजी गुरुङको निधनप्रति पनि बैठकले शोक प्रस्ताव पारित गरेको छ । विसं २०४८ मा नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित गुरुङको यही असार २३ गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २९ गते शुक्रबार अपराह्न १ बजे बस्नेछ ।

    Facebook Comments Box

    प्रचण्ड प्रधानमन्त्री
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.