काठमाडौँ: सेयरबजार परिसूचक नेप्से २१.९९ अंकले घटेको छ। आज (आइतबार) २१.९९ अंकले घटेर २०११.१४ अंकमा अडिएको छ।
आज नेप्सेसँगै कारोबार समेत घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५१ करोडको कारोबार भएको थियो। नेप्सेमा १ अर्ब ४४ करोडको कारोबार भएको छ।
कारोबारमा आएमध्ये २९ कम्पनीको सेयरमूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ। त्यसैगरी ८ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।
आज कारोबारमा आए १३ वटै उपसमुहमा गिरावट आएको छ । सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको उपसमूह २.३४ प्रतिशतले घटेको छ।
आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.५७ अंकले बढेको छ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक ६ करोड ६३ लाखको कारोबार भएको छ।