काठमाडौं: आजबाट सन् २०१८/१९ को ६४ औं सिजनको रुपमा च्याम्पियन्स लिगका खेलहरु औपचारिक रुपमा सुरु हुँदैछ। खेल हरेक वर्ष युरोपेली फुटबल संघ (युईएफए) ले आयोजन गर्दै आएको छ।
गत सालको विजेता रियल मड्रिडको खेल भने विहिबार १२:४५ बजे छ भने आजमात्रै ८ वटा खेलहरु हुनेछन् । आजको पहिलो खेल वार्सिलोना र नेदरल्यान्ड्सको पीएसभी, दोश्रो गेम इन्टरमिलान र टोटनह्यामबीच १०:४० बजे सुरु हुनेछन भने १२:४५ बजे पीएसजी र लिभरपुल, मोनाको र येथ्लेटिको मड्रिड, क्लबब्रग, गालातासरे र लोकोमोटिभ, रेड स्टार बेल्ग्रा र नापोली, साल्के र पोर्टो, येजेक्स र एक एथेन्स, र सख्तर डोनेट र होफेनहेमकबीचका खेलहरु हुनेछन्।
खेल होम एण्ड अवेका आधारमा हुनेछन् । यो वर्ष पोर्चुगलका कप्तान क्रिस्चियानो रोनाल्डो युभेन्टसबाट खेल्दै छन् ।
यो सिजन रियल मड्रिडबाट मुख्य खेलाडीको रुपमा ग्यारेथ बेल, करिमा बेन्जिमा र ब्राजिलियन खेलाडी मार्सेलो रहेका छन्।
बार्सिलोनामा भने मेसी यथावत छन् ब्राजिलियन खेलाडी कोटिनो पहिलो पटक खेल्दै छन् भने पीएसजीबाट तिब्र गतिका येम्बाप्पे, नेमार, काभानी र डिमारिया रहेका छन्।
कसले कति पटक जिते टाइटल?
च्याम्पियन्स लिगको सबैभन्दा बढी टाइटल जित्नेमा १३ औं पटक रियल मड्रिड क्लब हो भने ७ पटक एसी मिलान, पाँच पटक बार्सिलोना, वायन म्युनिक पांच पटक, लिभरपुल पांच, येजेक्स पांच पटक, इन्टरनाजियोंन तीन पटक, मेञ्चेटर युनाइटेड तीन पटक, बेनिफिका दुई पटक, युबेण्टस दुई पटक, नोटम फोरेस्ट दुइ पटक, पोर्टो दुई पटक, एस्टन भिल्ला एक पटक, सेल्टिक एक पटक, चेल्सी एकपटक, क्रेभेना भेज्दा एक पटक, डर्मुण्ड एकपटक, एफसीएसबी एकपटक, फेएनोर्ड एकपटक, ह्यामबर्ग एकपटक, मर्सेली एकपटक र पीएसभी एकपटक जिएका छन् । रियल मड्रिडले २०१५ देखिको तीन लगातार सिजन जित्न सफल भएको थियो।
च्याम्पियन्स लिगमा सबैभन्दा बढी खेल खेल्ने खेलाडीका रुपमा गोलरक्षक इस्पेनका क्यासिलस रहेका छन्। उनले १७१ खेल खेलेका छन् ।
फाइनल खेल इस्पेनको वान्डा मेट्रोपोलिटन मड्रिडमा हुनेछ भने टाइटल विजेताले सन् २०१९ को युइएफए सुपर कपमा सिधै खेल्न पाउने छ।
यस्तै च्याम्पियन्स लिगकै २०१९-२० को समूह चरणको गेम खेल्न पर्ने छैन ।
यो सिजनमा युइएफए संघमा सदस्य रहेका ५५ मध्ये ५४ बाटमध्ये ७९ क्लबहरुको खेल हुनेछन्।