काठमाडौँ: नागार्जुन नगरपालिका वडा नं. १ द्वारा संचालित दुई दिने निशुल्क दन्त तथा आँखा शिविरबाट ४०० बढी स्थानीयहरू लाभाम्बित भएका छन्। वडाले शनिबार र आइतबार दुई दिन शिविर वडाकै भवनमा संचालनमा ल्याएको थियो।
शिविरलाई कलंकीस्थित दृष्टि केयर सिस्टम र युनिभर्सल डेन्टल अस्पताल,स्युचाटारले संचालनको लागि डाक्टरसहितको प्राविधिक सहयोग गरेको वडाअध्यक्ष रामेश्वर लामाले जानकारी दिए।
वडामा नै संचालन भएकोले शिविरबाट वडाका स्थानीयहरु प्रत्यक्ष रुपले लाभाम्बित हुनुभएको उनले बताए। शिविरमा आँखा परीक्षणको लागि प्राय वृद्ध आमा बुवाहरुको बाक्लो उपस्थिति थियो भने दन्त परिक्षणको लागि युवा र वृद्ध दुवैको उत्शाहजनक सहभागिता थियो,उनले भने।
“दन्त परीक्षणमा आउने सेवाग्राहीले वडाकै पहलमा उनीहरुको लागि नि:शुल्क रुपमा हल्लिएको दांत निकालेर प्लास्टिकको नक्कली दांत राख्न वडाकै खर्चमा पहलसमेत गर्छौं,” वडाअध्यक्ष लामाले बताए। यस्तै, आँखा परीक्षणबाट मोतिया बिन्दुकोसमेत निशुल्क शल्यक्रियाको लागि वडाले नै गर्नेछ उनले भने।

अध्यक्ष लामाका अनुसार दन्त शिबिरबाट कुल १९५ जना लाभाम्बित भएका र आँखा परीक्षणबाट कुल २१० स्थानीयले सेवा लिएका छन्। शिविरको दोश्रो दिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले शिविरको अवलोकन गर्दै आफुलेसमेत दाँत परीक्षण गराउनु भएको थियो।
“वडामै शिविर संचालन गराउनु भएकोमा र जनताको निशुल्क आँखाको शल्यक्रिया गरिदिने र हल्लिएका दाँतहरु निकालेर नयाँ दाँत राखिदिने जमर्को गरेकोमा म वडालाई धन्यबाद दिन चाहन्छु,” शिविरमा आउनु भएका स्थानीय ६८ वर्षीय लबेन्द्र शाहले भने।

