Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    • सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 3
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » मलेसियाविरुद्ध नेपाल ६ विकेटले बिजयी हुँदा सेमिफाइनल यात्रा तय

    मलेसियाविरुद्ध नेपाल ६ विकेटले बिजयी हुँदा सेमिफाइनल यात्रा तय

    पहिलोक्लिकपहिलोक्लिकOctober 31, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । जारी छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।

    यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । जितसँगै समूहगत चरणको अन्तिम खेलअगावै नेपाल र ओमान प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । ओमानले पनि जारी प्रतियोगितामा लगातार दुई जित हासिल गरिसकेको छ । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो ।

    दोस्रो खेलमा मंगलबार ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो । समूहगत चरणको अन्तिम खेलमा बिहीबार नेपालले ओमानको र मलेसियाले सिंगापुरको सामना गर्नेछन् । त्यो खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । मंगलबारको खेलमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो ।

    जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८ ओभरमा चार विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो । नेपालको जितमा कुशल मल्लले ६५ रनको योगदान गरे । उनले केवल ३४ बलको सामना गरी सात छक्का र दुई चौका हिर्काए । उनलाई मलेसियन बलर मुहम्मद आमिरले आफ्नो बलमा आफैले क्याच लिएर पेभेलियन फर्काएका थिए । त्यसअघि ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले टोलीका लागि ४९ रनको साझेदारी गरेका थिए ।

    कुशल भुर्तेलले टोलीका लागि ४३ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान आसिफले पनि टोलीको खातामा ३२ रन थपेका थिए । सन्दीप जोराले अविजित १८ रन र विवेक यादवले अविजित दुई रन बनाए । जोराले १६ बलमा दुई चौका पनि प्रहार गरे । अनुभवी अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरी घाइते भएका कारण बिवेकले टोलीमा स्थान पाएका हुन् । दीपेन्द्र सोमबार सिंगापुरविरुद्धको खेलअघि घाइते भएका थिए । नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ४३ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

    आक्रामक रुपमा प्रस्तुत भएका कुशल भुर्तेलले केवल २५ बलको सामना गरी चार छक्का र चार चौका हिर्काएका थिए । उनलाई मलेसियाका बलर पवनदिप सिंहले मुनिन्दीमार्फत क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ५.२ ओभरमा ४९ रन बनाएको थियो । यसअघि सिंगापुरविरुद्ध सोमबार खेलिएको पहिलो खेलमा पनि कुशल भुर्तेलले ४८ बलमा ७४ रन बनाएका थिए ।

    नेपालले दोस्रो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको थियो । उनी ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले २३ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफलाई मलेसियाका बलर मुहम्मद आमिरले आफ्नै बलमा आफेले क्याच गरेका थिए । उनी आउट हुँदा नेपालले ११.४ ओभरमा एक सय १६ रन बनाएको थियो । नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । उनलाई मलेसियाका बलर मुहम्मद आमिरले विजय उन्नीद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १३.४ ओभरमा एक सय ३३ रन बनाएको थियो । त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाका लागि ओपनर ब्याट्सम्यान सैयद अजिजले ६८ रनको योगदान गरेका थिए । अर्का ओपनर जुबैदी जुल्किफले २४ रन बनाएका थिए ।

    मलेसियाले अतिरिक्त रुपमा १६ रन पाएको थियो । नेपाली टोलीका बलर अविनाष बोहराले चार विकेट लिएका थिए । उनले चार ओभर बलिङ गर्दै केवल २७ रन खर्चिएका थिए । स्पिनर सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले पनि एक—एक विकेट हात पारेका थिए । मलेसियाको पहिलो विकेट नेपाली टोलीका बलर अविनाष बोहराले लिएका थिए । उनले मलेसियाका ओपनर ब्याट्सम्यान जुबैदी जुल्किफीलाई कुशल मल्लद्वारा क्याच गराएका थिए । जुबैदीले १६ बलको सामना गरी तीन चौकाको मद्दतले २४ रन बनाएका थिए ।

    उनी आउट हुँदा मलेसियाले ५.५ ओभरमा ५८ रन बनाएको थियो । मलेसियाको दोस्रो विकेटका रुपमा कप्तान अहमद फाइज पेभेलियन फर्किएका थिए । रनआउट भई पेभेलियन फर्किनुअघि उनले चार बलको सामना गरी तीन रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी आउट हुँदा मलेसियाले सात ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाएको थियो ।

    करण केसीले बल विकेटकिपर आसिफ शेखलाई दिएका थिए । त्यसपछि आसिफले मलेसियाका कप्तानलाई रनआउट गराएका थिए । पालीको गतिलो सुरुआत गरेको मलेसियाले त्यसपछि लगातार दुई विकेट गुमाएको थियो । मलेसियाको तेस्रो विकेट नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले मलेसियाका चौथो नम्बरका ब्याट्सम्यान विरनदिप सिंहलाई चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । सिंह आउट हुँदा मलेसियाले १०.१ ओभरमा तीन विकेट गुमाएर ८५ रन बनाएको थियो ।

    मलेसियाको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले मलेसियाका पाँचौँ नम्बरका ब्याट्सम्यान सरविन मुनिन्डीलाई १३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । रोहित आफैले उनको क्याच लिएका थिए । सरविनले १२ बलमा दुई चौका पनि हिर्काएका थिए । उनी आउट हुँदा मलेसियाले १४ ओभरमा एक सय १९ रन बनाएको थियो । मलेसियाको पाँचौँ विकेट गुल्सन झाले लिएका थिए । उनले क्रिजमा जमिसकेका मलेसियाका ओपनर ब्याट्सम्यान सैयद अजिजलाई पेभेलियन फर्काएका थिए ।

    गुल्सनले सैयद अजिजलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । सैयद अजिजले पेभेलियन फर्किनुअघि अर्धसतकीय पाली खेलेका थिए । उनले ६८ रन बनाएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै ४९ बलको सामना गरी दुई छक्का र आठवटा चौका हिर्काएका थिए । उनी आउट हुँदा मलेसियाले १४.४ ओभरमा एक सय २५ रन बनाएको थियो । मलेसियाले छैठौँ विकेटका रुपमा अइनुल हाफिजलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका थिए ।

    मलेसियाको सातौँ विकेट भने अविनाष बोहराले लिएका थिए । उनले मलेसियाका ब्याट्सम्यान मुहम्मद अमिरलाई आठ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । उनी आउट हुँदा मलेसियाले १७.२ ओभरमा एक सय ४१ रन बनाएको थियो । अविनाषले लिएको यो दोस्रो विकेट थियो । मलेसियाको आठौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले मलेसियाका स्याजरुल इद्रुसलाई सात रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । मलेसियाले नवौँ विकेटका रुपमा फित्री सामलाई गुमाएको थियो ।

    उनी तीन बलमा एक छक्काको मद्दतले ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई अविनाष बोहराले बोल्ड गरेका थिए । अविनाषको यौ चौथो विकेट थियो । मलेसियाका विजय उन्नी भने १३ रनमा अविजित रहेका थिए । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुबैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

    आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गर्नेछन् । सन् २०२४ को टी—२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026

    विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

    October 28, 2026

    एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

    October 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.