काठमाडौँ: नेपाल र दक्षिण काेरिया बीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र गणतन्त्र कोरियाका कृषि, साद्य र वन मन्त्री चुङ ह्वाङ्केउनबीच विभिन्न विषयमा आज हस्ताक्षर भएको हो ।
द्विपक्षीय बैठकपछि गणतन्त्र कोरियाको कृषि, खाद्य र ग्रामीण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्यालय बीच भएको सम्झौताअनुसार दुई देशका कृषि विश्वविद्यालयहरुको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका कार्यहरु अगाडी बढाउन सकिनेछ ।
दुई देश बिचको सहयोग र सहकार्यमा कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा विषेश गरि संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, व्यावसाय लगायतका क्षेत्रमा थप कार्य गर्न सकिनेछ ।
कृषि पूर्वाधारहरुको विकास तालिम केन्द्र निर्माण, कृषि बजार विकासमा सहकार्य गर्न सकिने जस्ता सम्झौता भएको छ । मन्त्री स्तरीय बैठक १७ वर्षपछि भएको हो । नेपाल कृषि अनुसन्धान परिषद र कोरियाको कृषि अनुसन्धान परिषद बीचको सहकार्यमा कृषि क्षेत्रको अनुसन्धानका कार्यहरु अगाडी बढाउने अवसर श्रृजना हुने कृषि मन्त्री भुसालले बताए ।
दुई देशका कृषि विश्वविद्यालयहरुको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका कार्यहरु अगाडी बढाउन सकिनेछ । दुई देश बिचको सहयोग र सहकार्यमा कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा विषेश गरि संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, व्यावसाय लगायतका क्षेत्रमा थप कार्य गर्न सकिनेछ ।
त्यसैगरी, सम्झौताअनुसार कृषि पूर्वाधारहरुको विकास तालिम केन्द्र निर्माण, कृषि बजार विकासमा सहकार्य गर्न, कृषि क्षेत्रसंग सम्बन्धित प्राविधिक मानव संशाधन, युवा कृषकहरु तथा निजी क्षेत्रमा कृषि उद्यमीहरुको क्षमता अभिबृद्धि गर्न, नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकहरुको लागि सिक्ने र कमाउने अवसरको लागि कोरिया राम्रो गन्तव्य हुन सक्नेछ ।
नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले कोरियाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुने मन्त्रालयले जनाएको छ।
हस्ताक्षर समारोहमा दुई देशबीचको सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने ठूलो अवसर रहेको विचार व्यक्त गर्दै गणतन्त्र कोरिया सरकारबाट रेशम खेती प्रवर्द्धन, दुग्ध क्षेत्र विकास र तरकारीको मूल्य श्रृँखलाको विकासमा भएको सहयोगबाट नेपालले ठूलो लाभ लिएको तथा उन्नत आलुको विउ उत्पादन र हाईब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने कार्य प्रक्रिया अगाडी बढाईएको जानकारी गराए । त्यसैगरि, नेपालमा कोरिया प्रोग्राम फर इन्टरनेशनल कर्पोरेट इन एग्रीकल्चर टेक्नोलोजी स्थापना गर्न प्रयास भइरहेको र सो प्रयासमा कोरिया सरकारको सहकार्य र सहयोगको अपेक्षा गरिएको कोरियन मन्त्रीले आफ्नो धारणा राखे ।
हालै कोरियास्थित हेफर कोरिायमार्फत नेपाललाइ उच्च प्रजनन मानका १०१ गाइहरु सहयोग स्वरुप उपलव्ध गराएको र तरकारी तथा फलफूलको मूल्य श्रृंखला विकासका लागि भ्याल्यू चेन संचालन गरिएको स्मरण गराउदै भविष्यमा पनि यस्ता खाले सहयोग आदानप्रदान गर्दै जाने कोरिया पक्षले धारणा राखेको छ ।
