काठमाडौँ: सरकारले सोमबार आएर जाजरकोट भूकम्पमा परी मृत्यु भएका कुल नागरिकको संख्या घटाएर १५३ जना मात्रै मारिएको बताएको छ ।
गृहमन्त्रीको नीजि सचिवालयले जारी गरेको सोमबार १० बजेसम्मको जानकारी अनुसार जाजरकोटमा १०५ जना नागरिकको मृत्यु नभएर जम्मा १०१ जनाको मृत्यु भएको र भेरी नगरपालिका र नलगाढ नगरपालिकामा मृत्यु भएका नागरिकको नाम दोहोरो पर्न गएकोले सो तथ्यांकमा फरक परेको हो ।
जस अन्तर्गत जाजरकोटमा ५६ महिला र ४५ पुरुषको निधन भएको जनाएको छ । त्यसैगरी, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको निधन भएको जनाएको छ । यस्तै, नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा खटिएको ११ जनाको मेडिकल टोलि १९ गते फर्किएको जनाएको छ । यस्तै, जाजरकोटमा १०१ जना मध्ये, ९५ जनाको पोस्टमार्टम भैसकेको र ६ जनाको शव आफन्त टाढा भएकोले लिन नआएकोले अस्पतालमा नै राखिएको जनाएको छ ।
