काठमाडौँ:
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका हरिबोल गजुरेलले स्वीकृत भएपछि मात्रै सबै कुरा खुलाउने बताएका छन्।
आइतबार अपरान्ह यस बारे कुरा गर्दै गजुरेलले आफूले २० गते नै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको राजीनामा अहिलेसम्म स्वीकृत नभएकोले सबै कुरा नखोल्ने बताए।
‘मैले कारण खुलाएर प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको छु,’ गजुरेलले भने, ‘बाहिर अनेक हल्ला भए पनि यथार्थ पत्रमै खुलाएको छु।’
गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत हुन्। उनलाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए।
Facebook Comments Box
