१. मिति २०८०/०९/१३ का दिन ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा दैलेखका श्री सुजन रावत र अछामका श्री वीरेन्द्र शाहको दुःखद् निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दछ । सो घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्ने, सो घटनाका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने ।
२. मृतकका परिवारलाई प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने । उक्त घटनामा परी घाइते भएका व्यक्तिहरुको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने । सो बापतको रकम अर्थमन्त्रालयले गृहमन्त्रालयलाई निकासा दिने ।
३. उक्त घटनाको सम्बन्धमा निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्ने । भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृहमन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बद्ध निकायलाई थप सतर्क, संयमित र प्रभावकारी बनाउने ।
४. आगामी दिनमा यसप्रकारका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार प्रतिबद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई आह्वान गर्ने ।

