काठमाडौं: काठमाडौँको मुख्य जात्रा मध्येको एक इन्द्रजात्रा पर्व शुक्रबारबाट विधिवत रुपमा सुरु भएको छ। काठमाडौंको हनुमानढोकामा बिहान ७ बजेर ४५ मिनेटको शुभसाइतमा लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको हो ।

लिंगो ठड्याएको दिनदेखि आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।

इन्द्रजात्रा पर्वको अवसरमा आइतबार सरकारले काठमाडौं उपत्यकामा सार्बजनिक विदा दिएको छ ।
सो रुख (इन्द्रधोज) भक्तपुर र काभ्रेको सीमानामा पर्ने नालाको जंगलबाट मन्दिरमा छाडिएको बोकाकोले जुन रुख छुन्छ सोहि रुख काटेर ल्याउने परम्परा रहेको छ।




Facebook Comments Box