Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » १२ बुँदे घोषणापत्र जारी गर्दै ‘चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ सम्पन्न

    १२ बुँदे घोषणापत्र जारी गर्दै ‘चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ सम्पन्न

    पहिलोक्लिकपहिलोक्लिकFebruary 18, 2024No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: ‘चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ ।

    घोषणापत्रले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने उल्लेख छ । त्यस्तै घोषणापत्रमा तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ अभियानलाई मुर्त रुप दिने कुरा उल्लेख छ ।

    लघुवित्तमा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्ने, सदस्य तथा संस्थाले समेटेका वर्गलाई सुसूचित गर्ने अभियान चलाउने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा सहजीकरण गर्ने घोषणापत्रमा उल्लेख छ । लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवाउद्यमी बनाउन सहयोग गर्ने । वातावरणमैत्री र उद्यमशील समाज बनाउनको लागि युवा परिचालन गर्ने, वातावरण अनुकुलता प्रवद्र्धन गर्न वातावरणमैत्री गाउँ निर्माण, प्रविधिमैत्री संस्था निर्माण र निष्क्रिय सदस्यलाई सक्रिय बनाउने अभियान चलाउने घोषणापत्रमा उल्लेख छ ।

    समापन समारोहमा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले देशको आर्थिक अवस्था गम्भीर रहेकोले यस्तो अवस्थामा लघुवित्त तथा सहकारी क्षेत्रको भूमिका बढेर गएको बताए । ‘लघुवित्त क्षेत्रले प्रत्यक्ष रुपमा समुदायमा रहेर काम गर्दै आएका छन्, यस क्षेत्रले वित्तिय अनुशासन पालना गर्दै सदस्यको हितमा रहेर काम गरेको अवस्थामा विपन्न नागरिकको अवस्थामा सुधार ल्याउन सहयोग पुग्छ,’ उनले भने, ‘अहिले यस क्षेत्रमा आएका विचलनलाई रोक्नको लागि गल्ती गर्नेलाई कारवाही र राम्रो गर्नेलाई संरक्षण गर्न राज्य जवाफदेही बन्नुपर्छ ।’

    उनले लघुवित्त क्षेत्रलाई राजनीतिकरण गरेर यसकै नाममा आन्दोलन गर्ने क्रम बढेकोले यस्ता प्रवृत्ति रोक्न सबै पक्ष सहज रहनु् पर्ने बताए । ‘वित्तीय संस्था डुब्नु भनेको आम नागरिकको बचत डुब्नु हो, यस तर्फ सरकारको ध्यान जान जरुरी छ’ उनले भने ।

    प्रतिनिधि सभाका सांसद भगवती चौधरीले ६० लाख नेपाली गरिबीको रेखामुनी रहेको अवस्थामा झण्डै त्यत्तिकै सदस्य संख्यामा काम गर्ने लघुवित्त तथा सहकारी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताइन् । उनले गरिबी न्यूनीकरणमा लघुवित्त क्षेत्रको भूमिका महत्वपूणर् भएको भन्दै लघुवित्तले विपन्न नागारिकको सारथी बनेर काम गर्नुपर्ने बताइन् । लघुवित्तको अवधारणा विपन्न नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था सुधारलाई प्राथमिकता दिएकोले यस्ता संस्था लगानीकर्ताको नाफामा मात्र केन्द्रीत नभइ सामाजिक उत्तरदायित्व बहन गर्न सचेत हुनुपर्ने उनको सुझाव थियो । ‘अहिले लघुवित्त क्षेत्रमा जुन समस्या देखिएको छ, त्यसको कारण लघुवित्त क्षेत्र विपन्नको हित र सामाजिक उत्तरदायित्वबाट बाहिर आउन खोज्दा आएको हो’ उनले भनिन् ।

    लघुवित्तको संख्या आवश्यकता भन्दा बढी हुनु, अधिक कर्जा प्रवाह हुनु, कर्जा लगेका सदस्यले कर्जा फिर्ताको दायित्व नसम्झनु लगायतका समस्या अहिले देखिएको उनको भनाई थियो । ‘त्यसमाथि लघुवित्त क्षेत्रमा अधिक बेथिति देखिए, यस क्षेत्रलाई मिटर ब्याजीको रुपमा हेर्न थालिएको छ, यसको कारण के हो, खोजिनुपर्छ, ’ उनले भनिन्, ‘कतिपय कानूनी प्रकृया नै कमजोर छन्, राष्ट्रबैंक आफैले नियमन गर्न सकेको छैन, सरकारले नियन्त्रण गर्न सकेको छैन ।’ उनले खराब आचरण भएका वित्तिय संस्थालाई कारबाही गर्नुपर्नेमा समग्र वित्तिय क्षेत्रको अवस्था एउटै भएको दुष्प्रचार गर्ने अभियानै चलाइएको भन्दै यस्ता पक्षलाई सरकारले कारबाही गर्नुपर्ने बताइन् ।

    कार्यक्रममा इनरुवा नगरपालिकाकी उप प्रमुख विनिता मेहताले लघुवित्तले महिलाको आर्थिक हैसियत देखि नेतृत्व विकासमा समेतमा सहयोग गर्ने बताइन् । आफू २०६२ साल देखि लघुवित्तको अभियानमा लागेको र आफू जोडिएको संस्थाले उत्कृष्ट काम गर्दै आएको उनको दाबी छ । ‘विशेष गरि महिलाहरुलाई लघुवित्तले गर्दै आएको सहयोग महत्वपूणर् छ, मैले आज जुन उचाइ हासिल गरेको छु, त्यसमा पनि लघुवित्तको भूमिका छ ।’

    समापन कार्यक्रमका सभापति तथा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले सम्मेलनमा लघुवित्त तथा सहकारी क्षेत्रका समस्याका विषयमा गम्भीर समीक्षा भएको र घोषणापत्रमा उल्लेख गरिएका कुराहरुलाई समुदायस्तरमा गएर लागु गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

    सम्मेलनको दोस्रो दिन लघुवित्तमा देखिएका समस्याको पहिचान र त्यसको समाधानका विषयमा विषयगत छलफल समेत भएको थियो । त्यस्तै तीन शून्य क्लबो अभ्यासका विषयमा पनि छुट्टै सत्र सञ्चालन गरिएको थियो ।

    समापन कार्यक्रममा उत्कृष्ट लघुवित्तकर्मी तथा लघुवित्त संस्थालाई पुरस्कार वितरण गरिएको थियो । यस वर्षको संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट भएर जीवन विकास लघुउद्यम वित्तीय संस्था लिमिटेड पुरस्कृत भएको छ । जीवन विकासले १ लाख रुपैयाँ नगद प्राप्त गरेको छ ।

    त्यस्तै तीन शुन्य क्लब प्रवद्र्धन गर्ने विभिन्न क्लब, कर्मचारी तथा संस्थालाई पुरस्कृत गरिएको छ । सो अवसरमा ‘घरघरमा उद्यमशीलता विकास’ अभियानमा उत्कृष्ट भूमिका निर्वाह गर्ने संस्था तथा कर्मचारी, अति विपन्नको उत्थानमा सहयोग गर्ने कर्मचारी तथा संस्था, उत्कृष्ट केन्द्र प्रमुखलाई सम्मान गरिएको थियो ।
    फागुन ५ र ६ गते दुई दिनसम्म चलेको सम्मेलनमा ८०० महिला उद्यमी, लघुवित्त, सहकारीका कर्मचारी तथा सदस्यको सहभागिता थियो । सम्मेलन हरेक दुई दुई वर्षमा हुँदै आएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.