गाईघाट: जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी(बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए। सर्वोच्चको आदेशानुसार विश्वकर्र्मालाई राजधानी लाने तयारी गरिएको पनि उनले बताए।
एक हप्ता अगाडि काठमाडाँैबाट विश्वकर्र्मालाई उदयपुर ल्याएका थिए । जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।