काठमाडौं: अवदेखि मन्त्रीहरुले आफूले गरेको कामबारे हरेक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएको छ ।
प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले हरेक दिनको कामबारे आफूलाई ब्रिफिङ गर्नुपर्ने बताएका जानकारी गराएका हुन् ।
‘सबै मन्त्रीहरुले प्रत्येक दिन गरेको कामको ब्रिफिङ बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्छ’, राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठकको निर्णय बारे भने, यसले सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ ।’
मन्त्रिपरिषद्को बैठकमा कर्मचारीहरु किन निर्णय गर्न डराउँछन् भनेर समेत गम्भीर छलफल भएको उनले बताए ।
