काठमाडौँ: साताको पहिलो कारोबारको दिन आज पूँजी बजारमा सामान्य वृद्धि भएको छ । शेयर बजार परिसूचक (नेप्से) दुई दशमलब ६१ अंकले बढेर एक हजार २५७ दशमलब ६८ अंकमा पुगेर बजार बन्द भएको छ ।
आजको कारोबारमा ब्यापार, बाणिज्य बैंक र होटल समूहको परिसूचक क्रमश: ९ दशमलब ७१ अंक, ८ दशमलब ८४ अंक र ७ दशमलब ४४ अंकले वृद्धि भएको छ ।
त्यसैगरी, जलबिधुत ६ दशमलब ३९ अंक, बित्त २ दशमलब ४३ अंक र विकास बैंक एक दशमलब ४३ अंकले बढेको छ ।
यधपी, निर्जीवन बीमा समूहको परिसूचक ६२ दशमलब ६३ अंक, जीवन बीमा २३ दशमलब ४७ अंक र अन्य ८ दशमलब ९९ अंक र लघुवित्त ८ दशमलब ९२ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ६ हजार ८३० कारोबारबाट ६९ करोड ३६ लाख ६१ हजार २५६ रुपैयाँ बराबरका ५५ लाख ४९ हजार ६२१ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।