Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 17
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » मोदीद्वारा तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी

    मोदीद्वारा तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी

    पहिलोक्लिकपहिलोक्लिकJune 9, 2024No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    नयाँ दिल्ली: नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले नरेन्द्र मोदीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

    नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक देशको प्रधानमन्त्री निर्वाचित भएका थिए । २०१९ मा नरेन्द्र मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बने । अहिले २०२४ मा नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका छन् ।

    शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न देशका राष्ट्र प्रमुखहरू उपस्थित थिए ।

    नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, यसपटक भाजपाले आफ्नै बलमा बहुमत ल्याउन सकेन ।

    मोदीले शपथ लिएपछि राजनाथ सिंहले क्याबिनेट मन्त्रीको शपथ लिएका थिए । राजनाथ सिंह अघिल्लो सरकारमा रक्षामन्त्री थिए। सन् २०१४ मा भाजपा सरकार बनेपछि राजनाथ सिंह गृहमन्त्री बने। राजनाथ सिंह लखनउबाट सांसद निर्वाचित भएका छन् ।

    अमित अनिलचन्द्र शाहले तेस्रो क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । अघिल्लो सरकारमा अमित शाह केन्द्रीय गृहमन्त्री थिए। अमित शाह गुजरातको गान्धीनगर सिटबाट दोस्रो पटक सांसद निर्वाचित भएका छन् ।

    नितिन गडकरीले चौथो नम्बरमा शपथ लिएका छन् । उनले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । नितिन गडकरी महाराष्ट्रको नागपुरबाट सांसद निर्वाचित भएका छन् ।

    भाजपा अध्यक्ष जेपी नड्डाले पनि क्याबिनेट मन्त्रीको शपथ लिएका छन्। जेपी नड्डा हाल राज्यसभा सांसद र पार्टीका राष्ट्रिय अध्यक्ष छन्।

    मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । शिवराज सिंह मध्य प्रदेशको विदिशा लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन् ।

    निर्मला सीतारमणले पनि क्याबिनेट मन्त्रीको शपथ लिएकी छिन् । निर्मला सीतारमण अघिल्लो सरकारमा वित्तमन्त्री थिइन्।

    हरियाणाका पूर्व मुख्यमन्त्री मनोहर लालले पनि क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । मनोहर लाल पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन् । खट्टरले मार्चमा हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। मनोहर लाल हरियाणाको कर्नाल लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन्।

    जेडीएसका एसडी कुमारस्वामीले क्याबिनेट मन्त्रीको शपथ लिएका छन्। कुमारस्वामी कर्नाटकका पूर्व मुख्यमन्त्री भइसकेका छन् । १८ औं लोकसभा चुनावमा कुमारस्वामी कर्नाटकको मण्ड्या सीटबाट विजयी भएका छन्। कुमारस्वामी पूर्व भारतीय प्रधानमन्त्री एचडी दैवा गौडाका छोरा हुन्।

    Facebook Comments Box

    मोदी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.